बजेट भाषण: विलासिताका वस्तुको मूल्य बढ्यो « Khabarhub

बजेट भाषण: विलासिताका वस्तुको मूल्य बढ्यो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले अल्कोहल, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रुप सज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दरमा वृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्मा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक भएको छ ।

आगामी आवको कर नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको हो । यसले यस्ता वस्तुको मूल्य बढ्ने देखिन्छ । सरकारले सवारीसाधन, मोटरसाइकललगायतमा पनि अन्तशुल्क बढाएको छ ।

सरकारले उत्पादनशील क्षेत्रमा योगदान पुर्‍याउने उद्योग तथा कलकारखाना स्थापना गरे कर छुट दिने भएको छ । उत्पादनको क्षेत्रमा सरकारले बजेटमा विशेष जोड दिएको देखिन्छ ।

कृषि औजार उत्पादन गर्ने कम्पनीलाई स्थापनाको पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट दिने बजेटमा उल्लेख गरिएको छ । यसले कृषि क्षेत्रमा आवश्यक पर्ने उपकरणको उत्पादनमा प्रोत्साहन बढ्ने देखिन्छ ।

बजेटमार्फत सरकारले उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिने घोषणा गरेको छ । त्यस्तै इन्टरनेटको सेवालाई सर्वसुलभ बनाउन सेवा शुल्क घटाउने भएको छ, जसले बजारमा इन्टरनेटको शुल्कमा केही कमी आउने देखिन्छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : ३७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन