अमेरिकामा ८ वर्षीय बालकले चलाए गोली, एक जनाको मृत्यु « Khabarhub

अमेरिकामा ८ वर्षीय बालकले चलाए गोली, एक जनाको मृत्यु


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंगटन – फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ ।

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए ।

उक्त वियोगान्त घटना एउटा होटेलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटेलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए । उनी बाहिर गए पछि छोराले  त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए ।

‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ। अन्ततः एक वर्षको बच्चालाई मार्छ। त्यसपछि फेरि गोली चल्छ। उनको गोली लागेर दुई वर्षको बच्चा मध्ये एक घाइते भएका छन्’, पत्रकार सम्मेलनमा प्रहरीले भन्यो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ४० बजे

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ