एउटा फिल्मी घटना : मरेको ‘नाटक’ गर्दा ज्यान जोगियो… « Khabarhub

एउटा फिल्मी घटना : मरेको ‘नाटक’ गर्दा ज्यान जोगियो…



अत्तरिया – कञ्चनपुरको बेदकोट नगरपालिका-३ बस्ने लोकेन्द्रसिंह भण्डारी कार्यक्षेत्र डडेलधुराको आलिताल गाउँपालिका फर्किदै थिए।

गाउँपालिकामा कम्प्युटर अपरेटरमा कार्यरत भण्डारी सोमबार आफ्नै कार चलाएर आलिताल फर्कन भन्दै घरबाट हिँडेका थिए। तीन दिनको बिदामा घर आएका भण्डारी कार्यक्षेत्र फर्कने क्रममा कञ्चनपुरकै चमौनचौरमा चिया खाँदै थिए।

चिया खाएर त्यहाँबाट यात्रा अगाडि बढाउने क्रममा सोही ठाउँमा भेटिएका तीन जनाले लिफ्ट मागे। उनले सो प्रस्तावलाई सहजै स्वीकार गर्दै तीनै जनालाई आफ्नो सहयात्री बनाए।

‘लेबर जस्ता देखिने तीन जनाले मलाई लिफ्ट दिनुस्, गाडी पाइएन भनेर सहयोग मागे। गाडीमा हालिदिनुस् भने’, उनले भने, ‘म पनि एक्लै थिएँ। ठिकै छ भन्ने लाग्यो। उनीहरुको भाषा पनि राम्ररी बुझिरहेको थिएन। लिफ्ट दिएँ।’

यात्राका क्रममा गोदावरीमा पुगेपछि उनीहरुले गाडी रोक्न लगाएर मन्दिरमा दर्शन गर्ने भनेको भण्डारीले सुनाए। ‘उनीहरुले खानीडाँडासम्म जाने भनेका थिए। यात्राकै क्रममा सेल्फी डाँडामा पुग्यौ। त्यहाँ पनि उनीहरुले फोटो खिचौं भने। २ मिनेट रोकिदिन भने’, उनले भने, ‘उनीहरुले सेल्फी खिँचेपछि मलाई पनि सेल्फी खिच्न अनुरोध गरे। मैले सुरुमा नाइ भनेपनि उनीहरुले मानेनन्। पछि म पनि सेल्फी खिच्न गए।’सेल्फी खिच्न गाडीबाट निस्किपछि भने एक जनाले भण्डारीलाई चक्कु देखाएर आफ्नो नियन्त्रणमा लिन खोजेका थिए।

‘सेल्फीका लागि पोज दिने तयारी गर्दै गर्दा एक जनाले चक्कु निकालेर मलाई प्रहार गर्दा मेरो हातको औला काटियो। अब तिमी हाम्रो फन्दामा परिसकेका छौँ। अब तिमीसँग जे- जे छ देउ भने। त्यसपछि उनीहरुले आफैले मेरो गोजिबाट मेरो पर्स, मोबाइल र गाडीको चाँबी निकाले’, उनले भने, ‘मैले प्रतिकार गर्न खोजे तर, एक जनाले मेरो पछाडिबाट ढुङ्गाले हाने त्यसपछि म लडिहाले। अनी अर्को मान्छेले मेरो हात खुट्टा बाँधे र अर्को ढुङ्गाले पनि टाउकोमा हाने।’

भण्डारीले उनीहरुको थप कुटपिटबाट बच्न मरेको नाटक गरेको बताए। ‘उनीहरुले लगातार ढुङ्गाले टाउकोमा हिर्काउन थालेपछि मैले मरेको नाटक गरेँ’, उनले भने ‘त्यसपछि म मरेको सोचेर उनीहरुले मलाई तल धकेलेर माथिबाट घाँसले छोपिदिए।’

लुटपाटपछि गाडी लिएर फरार
आक्रमण गर्ने तिनै जना भण्डारीले चलाएको प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कार सहित भागेपछि उनले खुट्टाको डोरी निकालेर सडक किनारामा पुगेपछि घटना सार्वजनिक भएको थियो। सोमबार बिहान साढे ९ बजे हिँडेका भण्डारी करिब साढे ११ बजे घटना भएको ठाउँ कैलालीको गोदावरी नगरपालिका ४ सेल्फीडाँडामा पुगेका थिए। स्थानीयले भने साढे १२ बजेको समयमा घटना भएको थाहा पाएका थिए। घाइते भण्डारीको अहिले अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ। भण्डारीको टाउको र दायाँ हातको औलामा घाउँ भएको छ।

घटनामा संलग्न ३ जना पक्राउ
प्रहरीले घटनाको बारेमा सोमबार दिउँसो १ बजे मात्रै थाहा पाएको थियो। त्यसपछि घटनामा संलग्नलाई खोजी गर्ने क्रममा प्रहरी दोषिलाई ४ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रवीन्द्रराज पाण्डेयले आरोपित भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई पक्राउ गरिएको बताए। उनीहरुलाई गोदावरी नगरपालिका- १ मा रहेको एश्यर्या सामुदायिक वनबाट पक्राउ गरिएको थियो।

तीनै जनाले लुटेको कार भने अत्तरिया धनगढी रोडदेखि शान्तिनगर जाने सडक खण्डमा छोडेको अवस्थामा फेला परेको डीएसपी पाण्डेले बताए। उनले स्थानीयको सहयोगमा भाग्ने क्रममा तीनै जनालाई पक्राउ गरिएको बताए। डिएसपी पाण्डेले घटनाको अनुसन्धान जारी रहेको बताएका छन।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ५५ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली