भारतमा ‘कबड्डी ४’ पीभीआरले रिलिज गर्ने « Khabarhub

भारतमा ‘कबड्डी ४’ पीभीआरले रिलिज गर्ने


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत जेठ १३ बाट प्रदर्शनरत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ ले अझैँ पनि राम्रो व्यापार गरिरहेको छ । पछिल्लो समय रिलिज भएका फिल्मको तुलनामा ‘कबड्डी ४’ कै अकुपेन्सी राम्रो रहेको हल सञ्चालक बताउँछन् ।

फिल्मले नेपालको हलमा २३ करोडको हाराहारीका ग्रस कलेक्सन गरिरहँदा डायस्पोरामा पनि उत्साहजनक नै छ । विदेशका अधिकांश शो सोल्ड आउट भएका छन् । राइट्स खरिद गर्ने सम्पूर्ण नाफामा छन् । यद्यपि छिमेकी मुलुक भारतमा भने ‘कबड्डी ४’ ले बल्ल प्रदर्शन आरम्भ गर्दैछ । एक करोड तीस लाखमा बेचिएको फिल्म सिक्किम राज्यमा रिलिज नहुँदा निर्माता मारमा छन् । उनीहरुले फिल्मको मुनाफा थाहा पाएका छैनन् ।

‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउटलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ ।

भारतका ७० सहरमा पीभीआरका १७० भन्दा बढी पर्दा छन् । सिक्किमबाहेकका भारतीय राज्यमा ‘कबड्डी ४’ रिलिज हुन लागेको हो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : १० बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म