भारतमा ‘कबड्डी ४’ पीभीआरले रिलिज गर्ने | Khabarhub Khabarhub

भारतमा ‘कबड्डी ४’ पीभीआरले रिलिज गर्ने


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत जेठ १३ बाट प्रदर्शनरत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ ले अझैँ पनि राम्रो व्यापार गरिरहेको छ । पछिल्लो समय रिलिज भएका फिल्मको तुलनामा ‘कबड्डी ४’ कै अकुपेन्सी राम्रो रहेको हल सञ्चालक बताउँछन् ।

फिल्मले नेपालको हलमा २३ करोडको हाराहारीका ग्रस कलेक्सन गरिरहँदा डायस्पोरामा पनि उत्साहजनक नै छ । विदेशका अधिकांश शो सोल्ड आउट भएका छन् । राइट्स खरिद गर्ने सम्पूर्ण नाफामा छन् । यद्यपि छिमेकी मुलुक भारतमा भने ‘कबड्डी ४’ ले बल्ल प्रदर्शन आरम्भ गर्दैछ । एक करोड तीस लाखमा बेचिएको फिल्म सिक्किम राज्यमा रिलिज नहुँदा निर्माता मारमा छन् । उनीहरुले फिल्मको मुनाफा थाहा पाएका छैनन् ।

‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउटलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ ।

भारतका ७० सहरमा पीभीआरका १७० भन्दा बढी पर्दा छन् । सिक्किमबाहेकका भारतीय राज्यमा ‘कबड्डी ४’ रिलिज हुन लागेको हो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर