रकमी बन्दै छन् विपिन ? | Khabarhub Khabarhub

रकमी बन्दै छन् विपिन ?



कुनै समय थियो जति बेला चिनिएको अनुहार पोस्टरमा देख्दा दर्शक हलसम्म पुग्थे । राजेश हमाल , भुवन केसी , निखिल उप्रेती , विराज भट्ट लगायतका कलाकारहरूको उपस्थितिले मात्र दर्शकलाई हलसम्म तान्ने गरेको थियो । यद्यपि पछिल्लो समय त्यस्तो छैन । कथावस्तु , कलाकारले निर्वाह गरेको भूमिका लगायत हेरेर दर्शक हलसम्म पुग्ने गरेका छन् । केही कलाकार छन् , जसले दर्शकको मन जितेका छन् । यी मध्येका एक हुन् विपिन कार्की । यिनले पात्र जिउने गरेका छन् । लूट , छड्के , पशुपति प्रसाद , जात्रा , नाका , हरि , प्रसाद , सेल्फी किङ्ग जस्ता फिल्ममा उनले पात्रमा बाचेका थिए ।

आफूले पाउने भूमिकालाई पर्दामा जीवन्त उतार्ने भएकाले नै उनलाई चरित्र प्रधान फिल्ममा निर्माता तथा निर्देशकले खोज्ने गरेका छन् । थिएटर हुँदै फिल्ममा आएका विपिनको संघर्ष कम छैन । ‘नाटकमा पास हुने सिन पाउँथे । त्यति बेला पनि हिँडाई , हेराइमा फरक पन ल्याउन खोज्थे । पास हुँदै गर्दा पनि यता उता हेरेर जान्थे । किनकि अभिनयको भोक थियो’ विपिनले एक अन्तर्वार्तामा भनेका छन् ।

जात्रा अगाडी त उनलाई चिन्ने कमै थिए । किनकि उनी भन्दा उनको पात्र दर्शक माझ लोकप्रिय छ । लूट , छड्के , सुन्तली, पशुपति प्रसाद , कालोपोथीमा उनले निर्वाह गरेको भूमिका फरक फरक छ । यसैले गर्दा पनि स-साना भूमिकामै भए पनि उनको काम नोटिस भयो । उनको अभिनय प्रतिको साधनाले नै उनलाई सफलता दिलायो । अझैँ भनौँ उनको अभिनयको भोकले नै यहाँसम्म पुर्‍यायो । यद्यपि विपिन पछिल्लो समय फेरिएका छन् । अभिनय र क्यारेक्टरको लागि आफूलाई समर्पण गर्ने विपिन पछिल्लो समय रकमी हुन् थालेको चर्चा छ । किनकि उनले अब विगत , पात्र , कथा भन्दा पनि आफ्नो पारिश्रमिक हेर्न थालेका छन् ।

बलिउड फिल्म ‘एनिमल’मा समेत काम गर्न लागेका विपिनको पारिश्रमिक हिजोआज निर्माताका लागि अप्ठ्यारो पर्न थालेको छ । अभिनय उत्कृष्ट गर्ने विपिनको स्टारडम बलियो छैन । तर, उनी पारिश्रमिकमा भने निर्माताको ढाडै सेक्ने शैलीमा प्रस्तुत हुन थालेका छन् । हालै उनले छड्के २ र पशुपति प्रसाद २ नगर्ने निर्णय गरेका छन् । उनलाई स्थापित गराउने दुई फिल्मको सिक्वेल नगर्ने निर्णय लिनुमा पारिश्रमिक कारक रहेको छ । फिल्म ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’ बन्न उनले नाफाको ५० प्रतिशत मागिदिए । यो फिल्ममा महँगो पारिश्रमिक मागेपछि निर्माता खगेन्द्र लामिछानेले यो कुरा स्वीकार गर्न सकेनन् । जसका कारण, उनी फिल्ममा नहुने लगभग तय छ ।

छड्केको सिक्वेल बन्ने भनिएको लामो समय भइसकेको छ । यद्यपि अझैँ छायांकन सुरु भएको खबर छैन । निर्माण युनिटले फिल्मकै लागि राजेश हमाल , अनमोल केसी सहित विपिनलाई पनि कुराकानी गरेको थियो । विपिनले घुमाउरो शैलीमा ५० लाखको आसपासमा पारिश्रमिक भनेपछि सहकार्य हुने सम्भावना न्यून छ । आफूले चाहेको पारिश्रमिक नपाए फिल्म नगर्ने सङ्केत उनले निर्माण पक्षलाई स्पष्ट रूपमै दिए ।

‘हरि’ जस्तो फिल्मलाई प्रोत्साहन गर्ने विपिनले कुनै समय भूमिका मन पर्दा पारिश्रमिकमा लचिलो हुने चर्चा थियो । उनी राम्रो फिल्म र भूमिकालाई न्याय गर्न तत्पर हुने चर्चाकै बिच रकमी भएको खबरले केही फिल्मकर्मी निराश समेत छन् । आफूलाई नै स्थापित गरेको फिल्मका निर्माताकै ढाड सेक्ने नीति लिँदा उनीबाट निर्माताहरू नै टाढा भइरहेका छन् । उनले छड्के र पशुपति प्रसादको सिक्वेल नगर्ने सङ्केत गर्दै निर्देशक रामबाबु गुरुङको फ्यामिली ड्रामा गर्ने सहमति दिएका छन् । यसमा पारिश्रमिक नै कारक मानिएको छ । यसोदा फिल्म्सको ब्यानरमा बन्ने फिल्मका लागि विपिनले ५० लाखको हाराहारीमा पारिश्रमिक बुझेको चर्चा छ ।

थियर पृष्ठभूमि हुँदै अभिनयलाई कलाको साधना मान्ने विपिन अब व्यवसायमुखी बन्दै गई रहेका छन् । सौगात मल्ल , दयाहाङ राई झैँ विपिन पनि अब आफ्नो फिल्मको सङ्ख्या बढाउन तयार छन् । उनी आफ्नो समय सीमित हो भन्दै रकमी बनिरहेका छन् । उनले अभिनय कर्मले कमाएको दर्शकको भ्यालुलाई क्यास गर्ने नीति अपनाएका छन् । किनकि उनले अब आफूलाई कलाकार भन्दा पनि स्टारको रूपमा हेर्न र सोच्न थालेका छन् । कुनै समय सौगात र दयालाई रकमी भएको आरोप लाग्दै क्यारेक्टरको लागि मरिमेट्ने विपिनको तारिफ गर्ने फिल्मकर्मी नै अहिले भन्न थालेका छन् ,’पैसाको अगाडी कला टिक्छ र ?’

कुनै समय राम्रो कथालाई पर्दामा ल्याउन सघाउने विपिनलाई लिएर अब साना निर्माताले फिल्म बनाउने आट गर्लान् त ? हरि जस्ता फिल्म बन्नु पर्छ भन्ने विपिनलाई अब त्यो बजेटमा फिल्म बनाउने तयारी गरिरहेका निर्माताले अफर गर्न सक्लान् त ? यी यस्ता प्रश्नहरू उब्जिएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : २४ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो