रकमी बन्दै छन् विपिन ? « Khabarhub

रकमी बन्दै छन् विपिन ?



कुनै समय थियो जति बेला चिनिएको अनुहार पोस्टरमा देख्दा दर्शक हलसम्म पुग्थे । राजेश हमाल , भुवन केसी , निखिल उप्रेती , विराज भट्ट लगायतका कलाकारहरूको उपस्थितिले मात्र दर्शकलाई हलसम्म तान्ने गरेको थियो । यद्यपि पछिल्लो समय त्यस्तो छैन । कथावस्तु , कलाकारले निर्वाह गरेको भूमिका लगायत हेरेर दर्शक हलसम्म पुग्ने गरेका छन् । केही कलाकार छन् , जसले दर्शकको मन जितेका छन् । यी मध्येका एक हुन् विपिन कार्की । यिनले पात्र जिउने गरेका छन् । लूट , छड्के , पशुपति प्रसाद , जात्रा , नाका , हरि , प्रसाद , सेल्फी किङ्ग जस्ता फिल्ममा उनले पात्रमा बाचेका थिए ।

आफूले पाउने भूमिकालाई पर्दामा जीवन्त उतार्ने भएकाले नै उनलाई चरित्र प्रधान फिल्ममा निर्माता तथा निर्देशकले खोज्ने गरेका छन् । थिएटर हुँदै फिल्ममा आएका विपिनको संघर्ष कम छैन । ‘नाटकमा पास हुने सिन पाउँथे । त्यति बेला पनि हिँडाई , हेराइमा फरक पन ल्याउन खोज्थे । पास हुँदै गर्दा पनि यता उता हेरेर जान्थे । किनकि अभिनयको भोक थियो’ विपिनले एक अन्तर्वार्तामा भनेका छन् ।

जात्रा अगाडी त उनलाई चिन्ने कमै थिए । किनकि उनी भन्दा उनको पात्र दर्शक माझ लोकप्रिय छ । लूट , छड्के , सुन्तली, पशुपति प्रसाद , कालोपोथीमा उनले निर्वाह गरेको भूमिका फरक फरक छ । यसैले गर्दा पनि स-साना भूमिकामै भए पनि उनको काम नोटिस भयो । उनको अभिनय प्रतिको साधनाले नै उनलाई सफलता दिलायो । अझैँ भनौँ उनको अभिनयको भोकले नै यहाँसम्म पुर्‍यायो । यद्यपि विपिन पछिल्लो समय फेरिएका छन् । अभिनय र क्यारेक्टरको लागि आफूलाई समर्पण गर्ने विपिन पछिल्लो समय रकमी हुन् थालेको चर्चा छ । किनकि उनले अब विगत , पात्र , कथा भन्दा पनि आफ्नो पारिश्रमिक हेर्न थालेका छन् ।

बलिउड फिल्म ‘एनिमल’मा समेत काम गर्न लागेका विपिनको पारिश्रमिक हिजोआज निर्माताका लागि अप्ठ्यारो पर्न थालेको छ । अभिनय उत्कृष्ट गर्ने विपिनको स्टारडम बलियो छैन । तर, उनी पारिश्रमिकमा भने निर्माताको ढाडै सेक्ने शैलीमा प्रस्तुत हुन थालेका छन् । हालै उनले छड्के २ र पशुपति प्रसाद २ नगर्ने निर्णय गरेका छन् । उनलाई स्थापित गराउने दुई फिल्मको सिक्वेल नगर्ने निर्णय लिनुमा पारिश्रमिक कारक रहेको छ । फिल्म ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’ बन्न उनले नाफाको ५० प्रतिशत मागिदिए । यो फिल्ममा महँगो पारिश्रमिक मागेपछि निर्माता खगेन्द्र लामिछानेले यो कुरा स्वीकार गर्न सकेनन् । जसका कारण, उनी फिल्ममा नहुने लगभग तय छ ।

छड्केको सिक्वेल बन्ने भनिएको लामो समय भइसकेको छ । यद्यपि अझैँ छायांकन सुरु भएको खबर छैन । निर्माण युनिटले फिल्मकै लागि राजेश हमाल , अनमोल केसी सहित विपिनलाई पनि कुराकानी गरेको थियो । विपिनले घुमाउरो शैलीमा ५० लाखको आसपासमा पारिश्रमिक भनेपछि सहकार्य हुने सम्भावना न्यून छ । आफूले चाहेको पारिश्रमिक नपाए फिल्म नगर्ने सङ्केत उनले निर्माण पक्षलाई स्पष्ट रूपमै दिए ।

‘हरि’ जस्तो फिल्मलाई प्रोत्साहन गर्ने विपिनले कुनै समय भूमिका मन पर्दा पारिश्रमिकमा लचिलो हुने चर्चा थियो । उनी राम्रो फिल्म र भूमिकालाई न्याय गर्न तत्पर हुने चर्चाकै बिच रकमी भएको खबरले केही फिल्मकर्मी निराश समेत छन् । आफूलाई नै स्थापित गरेको फिल्मका निर्माताकै ढाड सेक्ने नीति लिँदा उनीबाट निर्माताहरू नै टाढा भइरहेका छन् । उनले छड्के र पशुपति प्रसादको सिक्वेल नगर्ने सङ्केत गर्दै निर्देशक रामबाबु गुरुङको फ्यामिली ड्रामा गर्ने सहमति दिएका छन् । यसमा पारिश्रमिक नै कारक मानिएको छ । यसोदा फिल्म्सको ब्यानरमा बन्ने फिल्मका लागि विपिनले ५० लाखको हाराहारीमा पारिश्रमिक बुझेको चर्चा छ ।

थियर पृष्ठभूमि हुँदै अभिनयलाई कलाको साधना मान्ने विपिन अब व्यवसायमुखी बन्दै गई रहेका छन् । सौगात मल्ल , दयाहाङ राई झैँ विपिन पनि अब आफ्नो फिल्मको सङ्ख्या बढाउन तयार छन् । उनी आफ्नो समय सीमित हो भन्दै रकमी बनिरहेका छन् । उनले अभिनय कर्मले कमाएको दर्शकको भ्यालुलाई क्यास गर्ने नीति अपनाएका छन् । किनकि उनले अब आफूलाई कलाकार भन्दा पनि स्टारको रूपमा हेर्न र सोच्न थालेका छन् । कुनै समय सौगात र दयालाई रकमी भएको आरोप लाग्दै क्यारेक्टरको लागि मरिमेट्ने विपिनको तारिफ गर्ने फिल्मकर्मी नै अहिले भन्न थालेका छन् ,’पैसाको अगाडी कला टिक्छ र ?’

कुनै समय राम्रो कथालाई पर्दामा ल्याउन सघाउने विपिनलाई लिएर अब साना निर्माताले फिल्म बनाउने आट गर्लान् त ? हरि जस्ता फिल्म बन्नु पर्छ भन्ने विपिनलाई अब त्यो बजेटमा फिल्म बनाउने तयारी गरिरहेका निर्माताले अफर गर्न सक्लान् त ? यी यस्ता प्रश्नहरू उब्जिएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : २४ बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ