अष्ट्रेलियामा अन्जु र सञ्जिवको 'विजडम नाइट' हुँदै  | Khabarhub Khabarhub

अष्ट्रेलियामा अन्जु र सञ्जिवको ‘विजडम नाइट’ हुँदै 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सुगम गीत संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाको विभिन्न सहरहरूमा गुन्जने भएकी छिन् । ‘विजडम नाइट’ नामक यो सांगीतिक यात्रामा सिड्नीमा नै रहेका गायक सञ्जिव पराजुलीले अन्जुलाई साथ दिने भएका छन् ।

दसैँको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘विजडम नाइट’ सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम एजुकेसन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले गराएका छन् । ‘अष्ट्रेलियाको विभिन्न सहरहरूमा रहनु हुने गीत संगीत अनुरागीहरूको चाह र माग अनुरूप नै हामीले अन्जु पन्तको साथमा सञ्जिव पराजुलीलाई लिएर सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेका हौँ ‘ कार्कीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम पहिले १७ सेप्टेम्बरका दिन सिड्नीमा हुने छ त्यसपछि भने अन्य सहरहरूमा क्रमशः यो सांगीतिक कार्यक्रमको यात्रा अघि बढ्ने छ । अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ प्रस्तुत हुने अवसर मिलेकोमा गायिका पन्तले पनि खुसी व्यक्त गरेकी छिन् । ‘दसैँको अवसरमा अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ गीत संगीत मार्फत मनोरन्जन प्रदान गर्न म आउँदै छु । हजुरहरू पनि आउनु होला । सँगै नाचौँला, गाउँला र रमाइलो गरौँला’ पन्तले आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ०१ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न