हाम्रै लापरबाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौँ : अध्यक्ष ओली « Khabarhub

हाम्रै लापरबाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौँ : अध्यक्ष ओली


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेसामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताएका छन् । १९ औँ धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका छन् ।

No description available.उनले अब यस्तो स्थितिलाई सुधार गर्नु पर्ने बताए । अहिले हामी आफैले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कने उनले बताए । आफैँलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने बताए ।

नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल