सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्ने « Khabarhub

सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्ने


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौँ– सरकारले हरेक क्षेत्रमा भएको अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सबै तहको संयन्त्र परिचालन गरि एकै पटक एकै समयमा मूल्यवृद्धि नियन्त्रणका लागि एकीकृत अनुगमन गरिने जानकारी दिएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई बहाना बनाएर अस्वभाविक मूल्यवृद्धि गर्नेमाथि अंशुक लगाउदै जनतालाई राहत दिनका लागि एकीकृत अनुगमनको योजना बनाइएको उनले बताए । मन्त्री बडुले खाद्यान्न, औषधि र अत्यावश्यक सेवाको मूल्यमा गरिएको मूल्य वृद्धिमाथि हस्तक्षेप गर्नुपर्ने र यसमा नियामक निकायसँगको पनि सहकार्य आवश्यक देखिएकाले जिल्ला अनुगमन अधिकारी, प्रहरीका साथै सबै पालीकाका प्रतिनिधिसहितको संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिए। उनले उपभोक्ताले थाहा पाउने गरि अनुगमनको जानकारी सात सात दिनमा सार्वजनिक गरिने बताए । 

त्यस्तै मन्त्री बडुले पेट्रोलियम पदार्थको कर घटाउने कुरा अर्थमन्त्रालयको भएको भन्दै यसमा आवश्यक सहजीकरण समेत अर्थमन्त्रालयले नै गर्नुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : २६ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई