संयुक्त राष्ट्रसङ्घको सुडान र इथियोपियालाई आग्रह « Khabarhub

संयुक्त राष्ट्रसङ्घको सुडान र इथियोपियालाई आग्रह


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गरेका छन्।

उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारीहरुका बीचमा बढ्दै गएको तनावलाई कम गर्ने विषयमा काम गर्न ती दुई देशलाई आग्रह गरेका हुन् ।

प्रवक्ता स्टेफान डुजारिकले मंगलबार प्रकाशन गरेका एक विज्ञप्तिमा भनेका छन्– आपसमा कुनै पनि तनाव नबढाउँ, शान्तिपूर्ण माध्यमबाट पनि सबै प्रकारका समस्याको समाधान खोज्न सकिन्छ ।

हालैमात्र यी दुई देशको सीमा क्षेत्रमा भएको विवादमा परेर सुडानी सैनिक मारिएका थिए । त्यसको सुडानले कडा विरोध गर्दै आएको छ ।

सुडानी अधिकारीहरुका अनुसार इथियोपियाका सेनाले आफ्नो सेनाको हत्या गरेको थियो र त्यसका विरुद्धमा सुडानले संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दिने तयारी गरेको छ । तर यसरी विवाद नबढाई आपसमा वार्ता गरेर समस्या समाधान गर्न महासचिव गुटर्रेसले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ३६ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि