सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो | Khabarhub Khabarhub

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । लगातार परेको पानीका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू बढी प्रभावित भएको छ । 

सप्तकोसी साथै चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलानलगायतका खहरे खोलामा आएको बाढीका कारण केही वस्ती डुबानको जोखिममा परेको स्थानीयहरू छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ४९ बजे

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका