दैलेखमा राष्ट्रिय धान दिवसको रौनक  (फोटो फिचर) « Khabarhub

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक  (फोटो फिचर)


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बुधबार असार १५ अर्थात् १९औँ राष्ट्रिय धान दिवस । धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नारासहित देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

दैलेखमा पनि सबै जसो स्थानीय तहहरूले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेका छन् । जिल्लाको नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगायतका स्थानीय तहले आआफ्नो पालिकामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरी मनाएका छन् ।

यस्तै महाबु गाउँपालिका, भैरवी गाउँपालिका लगायतका गाउँपालिकाहरूले समेत आआफ्नो पालिकामा दिवस मनाएका छन् ।

यता जिल्ला कृषि विकास कार्यालयले पनि नारायण नगरपालिका वडा नम्बर ४ मा कार्यक्रम आयोजना गरेको थियो । धान बालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद रवीन्द्रराज शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगायतको सहभागिता थियो ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

-न्युज कारखाना

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ०३ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा