समाजवादलाई केन्द्र बनाएर अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री भुसाल « Khabarhub

समाजवादलाई केन्द्र बनाएर अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री भुसाल


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छिन् । आज ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उनले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकाङ्क्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन् । 

‘कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पुर्‍याउँछ’, उनले भनिन्, ‘सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिष्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ ।’ देशको मौलिकता र विशिष्टतामा समाजवादी आन्दोलनलाई अगाडि बढाउन दलहरू सफल भएको स्मरण गर्दै मन्त्री भुसालले  वामपन्थी कम्युनिष्ट मात्र होइन लोकतान्त्रिक शक्तिलाई पनि साथ र सहयोगमा लिएर सङ्घीय लोकतन्त्रिक गणतन्त्रसम्म आइपुगिएको बताइन् । ‘हामीले अबको यात्रा समाजवादको भनेका छौँ, त्यो कुनै देशको यान्त्रिक नक्कल हुने छैन, त्यो रुस, चीन, क्युवा र उत्तर कोरिया जस्तो हुने छैन । हाम्रै देशको मौलिक ढङ्गबाट समाजवादमा पुग्नेछौँ’, उनले भनिन् ।

आर्थिक र सामाजिक विकास, सामाजिक न्यायमा आधारित वितरण प्रणाली र समाजवादको आधार तयार पारेर देशलाई समाजवादमा लैजाने लक्ष्य लिइएको उनको भनाइ छ । सत्तामा रहे वा सत्ता बाहिर रहेपनि नेपाली समाजलाई समाजवादी बाटोमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले वामपन्थी कम्युनिष्ट एउटै पार्टीमा हुनुपर्छ भनी जनताको अभिमत पनि सोही ढङ्गले प्रकट भएको उनले बताइन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ५१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल