व्यक्तिवादी सोचबाट मुक्त हुन प्रवक्ता महतको आग्रह « Khabarhub

व्यक्तिवादी सोचबाट मुक्त हुन प्रवक्ता महतको आग्रह


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाली कांग्रेसमा प्रवक्ता डा प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले सो सोचबाट मुक्त हुन आग्रह गरेका छन् । बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५ औँ वार्षिकोत्सव, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा आज उनले म भए ठीक अरु भए बेठीक भन्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए  ।

डा महतले पार्टीको कार्यकर्ता भइसकेपछि व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्नेमा जोड दिए। उनले भने, ‘ हालै भएको स्थानीय तह निर्वाचनमा व्यक्तिवादी सोचको कारण पार्टीले क्षति बेहोरेको छ । अब सङ्घ प्रदेशको निर्वाचन आउँदै छ । पार्टीलाई सफल बनाउन व्यक्तिवादी सोचबाट मुक्त हुनैपर्छ ।’ 

पूर्वमन्त्रीसमेत रहेका प्रवक्ता डा महतले कसैलाई देउता र कसैलाई दैत्य बनाइदिने अहिलेको प्रचलनबाट पनि जोगिनुपर्ने बताए । ‘कसैलाई क्षणभरमै देउवा बनाइन्छ । त्यसको आलोचनासमेत गर्न पाइँदैन । कसैलाई अनायासै दैत्य बनाइन्छ । न कोही देउता हुन्छ, न दैत्य । सत्य खोज्ने धैर्यता हामीमा छैन’, डा महतले भने ‘यस्तो अहिलेको प्रचलनबाट जोगिनुपर्छ ।’

उनले रासायनिक मलमा अरु देशप्रति निर्भर हुँदा अहिले अभावको समस्या आइरहेको बताए । उनले सरकारले अब रासायनिक मल कारखानाको स्थापना गर्नमा ढिलो गर्न नहुनेसमेत बताए । डा महतले प्राकृतिक खेती गर्ने र गाईबस्तुको थोरै मलबाट धेरै जग्गामा रासायनिक मलसरह काम गर्ने प्रविधि पनि विदेशतिर रहेकाले त्यसलाई प्रयोग गर्नसकेमा रासायनिक मलको अभाव झेल्न नपर्ने बताए । 

कार्यक्रममा डा महतले विभिन्न स्रष्टालाई सम्मान गरेका थिए । कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले लेखेको समयचक्र हाइकु सङ्ग्रह विमोचनसमेत गरिएको थियो । कार्यक्रममा अमृता स्मृति, कविन्द्र घिमिरे, अकिन्चन राई, बुनु लामिछाने, अन्जना पौडेललगायतले रचना वाचन गरेका थिए । 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ०७ बजे

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता