शेखर कोइराला समूहको बैठक बिहीवार बस्दै « Khabarhub

शेखर कोइराला समूहको बैठक बिहीवार बस्दै


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बिहीबार बस्ने तयारी छ । कोइरालाको सचिवालयले कहाँ र कतिबेला बस्नेबारे भने अझै टुंगो नभएको जनाएको छ ।

शेखर समूहले निर्वाचन समूह, भातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायतका विषयमा छलफल गर्ने तयारी छ । स्थानीय निर्वाचनबारे काँग्रेसभित्र निर्वाचन समीक्षालाई लिएर कुनै पनि छलफल भएका छैनन् ।

अर्कातिर, तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा देउवाले कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए । त्यसपछि कोइराला समूह रुष्ट बनेका थिए ।

कोइराला सचिवालयले देउवाले आफूले अबदेखि शेखर समूहसँग सल्लाह लिने बताए पनि त्यसलाई कार्यान्वयन नगरेको जनाएको छ ।

केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए । त्यसमा उनले शेखर समूहसँग कुनै छलफल गरेका थिएनन् ।

देउवाले त्यसरी किसान संघ र आदिवासी जनजाति संघका अध्यक्ष मनोनयन गरेको भोलिपल्टै शेखर समूहका युवा नेताहरूको बैठक शेखरको सचिवालय बालुवाटारमा बसेको थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल