साउदीमा थप १३३ नेपालीले पाए एक्जिट भिसा  « Khabarhub

साउदीमा थप १३३ नेपालीले पाए एक्जिट भिसा 



दोहा – साउदीमा अवैधानिक रुपमा बसेका १३३ जना नेपालीले वहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।

१८ देखि २८ जुलाईसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेस गरिएका मध्ये १३३ जनाको एक्जिट भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम आएकाहरूले दूतावासबाट एक्जिट भिसा पाउनेछन् । एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा प्रोसेस निःशुल्क हुनेछ तर नेपाल फर्किने हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।

त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसका लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसका बारेमा फोनबाटै जानकारी लिन सक्ने दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसका दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्य दूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ ।

यस्तो अवस्थामा एक्जिट भिसा प्रोसेस गर्न मिल्छ : 

– इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भएमा
– साउदी पुगेको ३ महिना भन्दा बढी समयसम्म पनि इकामा नबनेको अवस्थामा
– र हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेस गर्न सकिनेछ ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेस दूतावासबाट गर्न मिल्दैन ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : १० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,