लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता « Khabarhub

लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् ।

लुम्बिनीमा डेढ वर्षदेखि चार वटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण संसदको काम कारबाहीमै प्रत्यक्ष असर परेको थियो । चार वटा विषयगत समिति मध्ये तीनवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेले पाएको छ । सत्तारुढ गठबन्धनले एमालेलाई विषयगत समितिको नेतृत्व दिन नचाहेका कारण समितिको सभापति चयमा ढिलाइ भएको हो ।

तर अन्तिममा सत्तारुढ दलहरु काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमालेलाई तीनवटा समितिको सभापति दिन तयार भएका हुन् । जस अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी, अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकी जाल्पा भुसाल र सामाजिक विकास समिति सभापतिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभामा समितिका सभापतिका लागि एकल उम्मेदवारी परेपछि सभापतिहरु निर्विरोध भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।

यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति रहेका दधिराम न्यौपाने र कृषि, वन तथा वातावरण समितिको सभापति रहेका विजयबहादुर यादवको सांसद पद गुमेपछि सभापति पद रिक्त थिए । यस्तै सामाजिक विकास समितिको सभापति रहेका दीर्घनारायण पाण्डेले सांसदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो भने लेखा समितिका सभापति रहेका डिल्ली चौधरी मन्त्री बनेपछि सभापति पद रिक्त रहेको थियो । लेखा समितिको सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धमकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा सदस्य रहेका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समिति सदस्यहरूमा थानकुमारी थापा चापागाईँ, भगवती देवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लिला गिरी, युवराज खनाल भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर, निर्मला मुडवरी भट्टराई रहेका छन् । कृषि वन तथा वातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल, अष्टभुजा पाठक, रुन्धावती शर्मा, दिपेन्द्रकुमार पुन मगर, लौटी थारु सदस्य रहेका छन् ।

सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा बिक सदस्य रहेका छन् । लुम्बिनीमा यी सहित प्रदेश मामिला तथा कानुन समिति, भौतिक पूर्वाधार विकास समिति र विशेषाधिकार समिति गरी सात वटा विषयगत समिति रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ५८ बजे

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका