काठमाडौँ उपत्यका सार्वजनिक यातायात सम्बन्धी विधेयक पारित गरिने « Khabarhub

काठमाडौँ उपत्यका सार्वजनिक यातायात सम्बन्धी विधेयक पारित गरिने


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाले आज ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गर्ने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाकोसन्देश सहितको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

मन्त्री राईले नै राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सभामा उत्पत्ति मातिएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन्। उनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु हुनेछ।

हेर्नुहोस् कार्यसूची :

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ११ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल