'०४८ मा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो' | Khabarhub Khabarhub

‘०४८ मा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा पुग्यो’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।

शुक्रबार बिहान काठमाडौँ वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त्य भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको उल्लेख गरे ।

२०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो ।

‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने । अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकका सामु गम्भीर चुनौती देखापरिरहेको सिंहले बताए ।

राजनीतिक दलहरु विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्नेमा जोड दिए। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ४२ बजे

प्रकृतिले काँचुली फेर्दा ढकमक्क आरू र चेरी फूल (तस्बिरहरू)

काठमाडौं – वसन्त ऋतुको आगमन भइसकेको छ । राजधानी काठमाडौँका

आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको

प्रधानमन्त्री भन्छन्- हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं– गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले ‘नि:शुल्क एसी सर्भिस र

एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित