साफ यु-२० : श्रीलंका र भारत तथा माल्दिभ्स र बंगलादेश भिड्दै « Khabarhub

साफ यु-२० : श्रीलंका र भारत तथा माल्दिभ्स र बंगलादेश भिड्दै


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछन् । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भिडन्त हुनेछ ।

नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । भारतको यो दोस्रो खेल हो । यसअघि बुधबार भएको खेलमा भारत बंगलादेशसँग २–१ अन्तरले पराजित भएको थियो ।

यता, श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र नेपालसँग ३-० अन्तरले पराजित भएको थियो ।

यता, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन् । बंगलादेश लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ । जितसँगै बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल नजिक हुन चाहन्छ ।  माल्दिभ्स भने पहिलो जित निकाल्ने दाउमा छ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४-० अन्तरले पराजित भएको थियो । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

जारी प्रतियोगिता २ खेलबाट समान ६ अंक भए पनि नेपाल गोलअन्तरको आधारमा शीर्षस्थानमा छ भने सामना अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । यस्तै भारत, माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि यु-१८ र यु-१९ को आधारमा भएको प्रतियोगिता पहिलो पटक यु-२० को आधारमा भएको हो । नेपाल दुई पटकको च्याम्पियन हो भने भारत साविक विजेता हो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : १४ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल