शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग « Khabarhub

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएका हुन्।

सांसद नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिए। सांसद पार्वतीकुमारी विसुङ्खेले सरकारले इसिडिका सहजकर्ताले तोकिएको तलब नपाएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराइन्।

सांसद डा डिला सङ्ग्रौलाले गुणस्तरिय नर्सिङ सेवामा सम्झौता नहुने गरी नर्सिङ अध्ययनको वातावरण बनाउन माग गरिन्। सांसद दुर्गाबहादुर राउतले शिक्षामा परिवर्तन नहुँदासम्म अरू परिवर्तन अवरोध हुने भन्दै शिक्षामा विभेदिकरण रोकिनुपर्नेमा जोड दिए। सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्गमा बजेट नै नपर्ने र परेको बजेट कार्यान्वयन नभएको भन्दै काम नगर्ने व्यवसायीलाई कारबाहीको माग गरे।

सांसद दिलकुमारीले लोक सेवाले मधेसका लागि जनशक्ति माग नगर्दा स्थानीय तहमा करारमा कर्मचारी रहेकाले भर्ना प्रक्रिया अघि बढाउन माग गरिन्।  सांसद दिव्यमणि राजभण्डारीले यो अधिवेशनमा महत्त्वपूर्ण विधेयक पास भए पनि राष्ट्रियसभामा उत्पत्ति भएका महत्त्वपूर्ण विधेयक रोकिनुको कारणबारे जिज्ञासा राखे।

सांसद नरबहादुर धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण घरबारविहीन स्थानीयवासीको समस्या समाधानका लागि धेरै कार्यदल बने पनि समाधान नभएकाले नागरिकले दुःख पाइरहेको बताए। सांसद नरमाया ढकालले प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दा पनि निर्वाचित सांसद रेसमलाल चौधरी जेलमा रहेको भन्दै दोषीलाई कारबाही गरेर निर्दाेषलाई न्यायको माग गरे।

सांसद निरुदेवी पालले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले कठघरामा ल्याउनुपर्ने र महिला हिंसाका घटनामा गम्भीर हुनुपर्ने बताइन्। सांसद नवराज सिलवालले ललितपुरको माल्टामा ५० वर्षका लागि पुग्ने सिमेन्टको निर्माण सामग्री रहेकामा निजी कम्पनीले सस्तोमा जग्गा लिएर काम नगरेकाले सरकारले त्यो स्वामित्व लिनुपर्ने औँल्याए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ३७ बजे

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको