गाईखुरे झरनामा पर्यटकको भिड  « Khabarhub

गाईखुरे झरनामा पर्यटकको भिड 


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेँसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । 

पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाइरहेका छन् । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी भएको बेसीसहरकी कल्पना श्रेष्ठ बताउँछिन् । 

बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ । बर्खाको समयमा मात्र ठूलो झरना हुने गाईखुरे झरनामा युवायुवतीहरूको लर्को लाग्न थालेको छ । हेर्दै सिरिंग हुने झरना । कलकल बगेको पानीले झरनालाई सुन्दरता थपेको छ ।
त्यही सुन्दरता र प्राकृतिक मनोरमलाई चुम्न युवाहरूको लर्को लाग्न थालेको छ ।

वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ रमाउनेहरूको भिड पनि बढ्न थालेको हो । विशेष गरी बिदाको दिन झरनामा हेर्न, भिज्न जानेहरूको निकै भिड लाग्ने गरेको छ । हप्ताभर काममा व्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर थकाई मेटाउने गर्न थालेका छन् ।

कतिपय त दिनभरिको थकाई मेटाउन साँझपख झरना पुग्ने गर्दछन् । सडक छेउमै भएकोले झरनाको आकर्षणले कतिपयले सवारी रोकेर नै अवलोकन गर्ने गरेका छन् । काठमाडौंबाट केही दिनका लागि लमजुङ घुम्न आएकी विष्णु केसी छोटो समयमा लमजुङका पर्यटकीय गन्तव्य पुग्न नसके पनि झरनामा पुगेर आनन्द लिएको बताउँछिन् । झरनामा सदरमुकाम बेसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरू आउने गर्दछन् । 

डुम्रे-बेसीसहर सडकमार्गको छेउमै पर्छ गाईखुरे झरना । मध्यमर्स्याङ्दीको बाँधस्थल आडैमा छ । मनोरम र शान्त वातावरण छ । जिल्लामा पर्यटनको क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाको लगानी बढ्दै गए पनि गाईखुरे झरनाको व्यवस्थापनमा कसैले चासो नदिएको स्थानीयवासीको गुनासो छ । 

थोरै मात्र लगानी गर्न सकिए पनि त्यस क्षेत्र पर्यटकको राम्रो गन्तव्य बन्न सक्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल थापा बताउँछन् । निश्चित मापदण्ड बनाएर शुल्क लिनेगरी झरनाको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिनसके करोडौँ आम्दानी गर्न सकिने उनको भनाइ छ । गाईखुरे झरनालाई पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गरिने बेँसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल बताउँछन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ०९ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी