जलेश्वर भन्सार कार्यालयद्वारा नौ करोड ३४ लाख राजस्व संकलन « Khabarhub

जलेश्वर भन्सार कार्यालयद्वारा नौ करोड ३४ लाख राजस्व संकलन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को  साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । 

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिए । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार संकलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ ४३ करोड ५२ लाख संकलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार संकलन गरेको छ ।

त्यसैगरी अन्तशुल्क तर्फ पाँच करोड ३१ लाख ६९ हजार संकलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार संकलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गरेको जनाइएको छ ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए। 

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ३२ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल