जीवन बिमा लिन नक्कली विवाहपछि हत्या, ६ जना पक्राउ | Khabarhub Khabarhub

जीवन बिमा लिन नक्कली विवाहपछि हत्या, ६ जना पक्राउ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बीमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ ।

उनीहरूले २०७८ वैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले जानकारी दिए।

उनीहरूले सवारी दुर्घटना गराएर बीमा रकम दाबी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए । विवाद अघि नै उनीहरूले सर्जनको जीवन बीमा र म्यादी जीवन बीमा गराएका थिए । दुर्घटनामा सर्जनको मृत्यु भएपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बीमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ । त्यस्तै, २०७८ पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई खबर गरेको र त्यसपछि ब्युरोले अनुसन्धान गरेको सुवेदीले जानकारी दिए।

दुर्घटना हुनुभन्दा दुई महिना अघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु र मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनु लगायत शंकाका आधारहरू देखिएको पनि ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले बताए।  गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात् बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  २ : ५४ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी