‘तीन वर्षपछि बिजुली बेचेर ६० अर्ब पैँसा आउँछ’ | Khabarhub Khabarhub

नेपालमा श्रीलंका संकट बहस

‘तीन वर्षपछि बिजुली बेचेर ६० अर्ब पैँसा आउँछ’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : ऊर्जा व्यावसायी ज्ञानेन्द्रलाल प्रधानले अबको तीन वर्षमा नेपालबाट ६० अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात हुने बताएका छन् । नेपालबाट बिजुली निर्यात हुने एकमात्रै दिगो उत्पादन रहेको भन्दै उनले अहिले निर्माणाधीन ऊर्जा परियोजना सम्पन्न भएर बिजुली उत्पादन हुन सके नेपालको अवस्था धेरै सुधार हुने बताएका हुन् ।

आइएसएसआरले आयोजना गरेको आर्थिक अवस्थाको कार्यक्रममा बोल्दै ऊर्जा व्यापारीसमेत रहेका प्रधानले नेपालले भारत, बंगलादेश, श्रीलंका लगायतका देशलाई बिजुली बेच्न सक्ने बताएका हुन् ।

नेपाल श्रीलंका बन्न तत्काल नसक्ने तर अवस्था निकै जोखिमयुक्त भएको पनि उनको भनाई छ । नेपालसँग सम्भावना धेरै भएपनि यसबारेमा पर्याप्त लगानी र आयात निर्यातको अवस्थाबारे लापरबाही गरिएको उनको भनाई छ ।

‘नेपाल श्रीलंका बन्ने बाटोमा हुन सक्छ । तर तत्कालै श्रीलंका बन्दैन’ उनले कार्यक्रममा भने, ‘तर नेपालसँग भएको सम्भावनाका बारेमा धेरै छलफल र गम्भीर परामर्श भएको छैन । सिधा भन्दा नेपालको धेरै सम्भावना खेर गइरहेका छन् ।’

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ३७ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल