‘तीन वर्षपछि बिजुली बेचेर ६० अर्ब पैँसा आउँछ’ « Khabarhub

नेपालमा श्रीलंका संकट बहस

‘तीन वर्षपछि बिजुली बेचेर ६० अर्ब पैँसा आउँछ’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : ऊर्जा व्यावसायी ज्ञानेन्द्रलाल प्रधानले अबको तीन वर्षमा नेपालबाट ६० अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात हुने बताएका छन् । नेपालबाट बिजुली निर्यात हुने एकमात्रै दिगो उत्पादन रहेको भन्दै उनले अहिले निर्माणाधीन ऊर्जा परियोजना सम्पन्न भएर बिजुली उत्पादन हुन सके नेपालको अवस्था धेरै सुधार हुने बताएका हुन् ।

आइएसएसआरले आयोजना गरेको आर्थिक अवस्थाको कार्यक्रममा बोल्दै ऊर्जा व्यापारीसमेत रहेका प्रधानले नेपालले भारत, बंगलादेश, श्रीलंका लगायतका देशलाई बिजुली बेच्न सक्ने बताएका हुन् ।

नेपाल श्रीलंका बन्न तत्काल नसक्ने तर अवस्था निकै जोखिमयुक्त भएको पनि उनको भनाई छ । नेपालसँग सम्भावना धेरै भएपनि यसबारेमा पर्याप्त लगानी र आयात निर्यातको अवस्थाबारे लापरबाही गरिएको उनको भनाई छ ।

‘नेपाल श्रीलंका बन्ने बाटोमा हुन सक्छ । तर तत्कालै श्रीलंका बन्दैन’ उनले कार्यक्रममा भने, ‘तर नेपालसँग भएको सम्भावनाका बारेमा धेरै छलफल र गम्भीर परामर्श भएको छैन । सिधा भन्दा नेपालको धेरै सम्भावना खेर गइरहेका छन् ।’

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ३७ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा