बाढीका कारण इन्डोनेसियामा तीन जनाको मृत्यु « Khabarhub

बाढीका कारण इन्डोनेसियामा तीन जनाको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीय प्रकोप एजेन्सीका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।

भारी वर्षाले परीगी माउटोङ जिल्लाको टोरु गाउँका सबै घरहरू डुबानमा परेको जिल्लाको विपद् व्यवस्थापन निकायको परिचालन इकाई प्रमुखले बताएका छन् ।

हिजो अचानक पानी आएको र गाउँका सबै घर र भवन डुबानमा परेको जनाइएकोे छ । प्रभावित क्षेत्रहरू जाँच गरिसकेपछि तीन जनाको मृत्यु भएको र अन्य चार जना बेपत्ता भएको पत्ता लागेको हो । खोज र उद्धार कार्यालयका कर्मचारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका जनाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ४४ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा