बाढीका कारण इन्डोनेसियामा तीन जनाको मृत्यु « Khabarhub

बाढीका कारण इन्डोनेसियामा तीन जनाको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीय प्रकोप एजेन्सीका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।

भारी वर्षाले परीगी माउटोङ जिल्लाको टोरु गाउँका सबै घरहरू डुबानमा परेको जिल्लाको विपद् व्यवस्थापन निकायको परिचालन इकाई प्रमुखले बताएका छन् ।

हिजो अचानक पानी आएको र गाउँका सबै घर र भवन डुबानमा परेको जनाइएकोे छ । प्रभावित क्षेत्रहरू जाँच गरिसकेपछि तीन जनाको मृत्यु भएको र अन्य चार जना बेपत्ता भएको पत्ता लागेको हो । खोज र उद्धार कार्यालयका कर्मचारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका जनाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ४४ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल