‘एमसीसी पास गरेर नेपाल ठूलो दुर्गतिबाट जोगियो’ « Khabarhub

‘एमसीसी पास गरेर नेपाल ठूलो दुर्गतिबाट जोगियो’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्ला केही वर्षमा विश्वका ४० वटा देशको आर्थिक अवस्था नाजुक बनेको छ । श्रीलंका आर्थिक अवस्थामा टाट पल्टिएपनि लगत्तै अरु पनि केही देश सोही अवस्थामा पुगेका हुन् ।

श्रीलंकापछि दक्षिण एसियामा पाकिस्तानको अवस्था पनि कमजोर बनेको छ । अधिवक्ता किरण पौडेलले श्रीलंका संकटपछि पाकिस्तान, इथोपिया, हंगेरी, ताजकिस्तान लगायत ४० देशको अवस्थाको आर्थिक अवस्था निकै कमजोर बन्न सक्ने बताएका हुन् ।

चीनबाट सञ्चालित परियोजनाका कारण धेरै देशको हालत खराब अवस्थामा पुगेको उनको भनाई छ । चीनले महंगो ब्याजदरमा दिने ऋण तिर्न नसक्दा धेरै देशको हालत नाजुक बनेको पनि उनको भनाई छ ।

पछिल्लो समय चिनियाँ महंत्वाकांक्षी परियोजना धेरै देशमा लागू गराउने नाममा कमजोर देशलाई ऋणमा फसाउने योजना पनि डरलाग्दो बन्दै गएको उनको भनाई छ । बिआरआईभन्दा एमसीसी पास गरेर नेपालले आफ्नो दुर्गति रोकेको अधिवक्ता पौडेलले बताए ।

‘एमसीसी पास गरेर नेपालले धेरै ठूलो दुर्गति हुनबाट आफूलाई जोगाएको छ,’ उनले खबरहबद्धारा आयोजित कार्यक्रममा भने, ‘नेपालले महंगो ब्याजदरमा ऋण लिँदा त्यसको क्षति ठूलो हुन सक्थ्यो । एमसीसी पास गरेर नेपालले केही संकट गुजारेको छ ।’

नेपाल अहिले जोखिम कम भएकै अवस्थामा भएपनि श्रीलंकाको बाटोमा जादैँन भन्न नसकिने उनले बताए । ‘नेपाल श्रीलंका बन्दैन भन्न सकिन्न’ उनले कार्यक्रममा भने, ‘अहिलेको अवस्थामा सुधार हुँदैन भने श्रीलंका बन्न पनि सक्छ । मुख्य कुरा चिनियाँ ऋणबाट जोगिन सक्नुपर्छ ।’

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : ०१ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा