‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो’ « Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री लू भन्छन्ः

‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल आफ्नो रोजाईको प्रिय देश रहेको बताएका छन् । दुई दिने भ्रमणका लागि काठमाडौँमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लूले नेपाल सँधै आफ्नो मुटुको नजिक रहने ठाउँ भएको बताएका हुन् ।

नेपाल भ्रमणका क्रममा एक भिडियो सन्देश जारी गर्दै उनले नेपालका विभिन्न ठाउँ पुग्दा आफूले धेरै कुरा महसुस गरेको पनि बताए । काठमाडौँका विभिन्न पर्यटकीय क्षेत्र घुमेको भन्दै अमेरिकी सहायक विदेशमन्त्री लूले जनकपुधारम, विरगञ्जदेखि चितनव राष्ट्रिय निकुञ्ज पनि आफूले घुमेको अनुभव भिडियोमा उल्लेख गरेका छन् ।

तराईको गर्मी, पहाडको चिसो हावा आफ्ना लागि विशेष रहेको भन्दै उनले तराईका महिलाको रहनसहन, संघर्ष र त्यसक्रममा आफूले देखेका केही दृश्य धेरै सम्झिरहेको पनि उनले भिडियोमा बोलेका छन् । दुई दिने भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री लू बिहीबार भारत हुँदै काठमाडौँ आइपुगेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : ५० बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा