हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा दुई पक्राउ « Khabarhub

हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा दुई पक्राउ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सोलुखुम्बु  नेचासल्यान गाउँपालिका वडा न. ३ घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रेजिना राउतलाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काठमाडौँ उपत्यकास्थित विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले सामाजिक सञ्जाल फेसबुकमार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराएर झुटा मुद्दा लगाई फसाई दिने भन्दै डर धम्की देखाई रकम असुल गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।  सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुषसँग कुराकानी गरेको अश्लिल कुराकानी गरी उक्त कुराको भिडियो सार्वजनिक गरेर फसाई दिने धम्की दिँदै रकम असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


उनीहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ०५ बजे

संसद्‍मा आशिकाको माग- नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गरौँ

काठमाडौं–  प्रतिनिधिसभा सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको

प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट 

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको