'काँग्रेसले जितेका क्षेत्रमा सिट दिइँदैन, समानुपातिकमा मिलाउन सकिन्छ' | Khabarhub Khabarhub

‘काँग्रेसले जितेका क्षेत्रमा सिट दिइँदैन, समानुपातिकमा मिलाउन सकिन्छ’


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुन गइरहेको संसदीय निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनभित्र सिट बाँडफाँट कुन हिसाबले होला भन्नेमा सबैलाई चासो छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जम्मा १ सय ६५ निर्वाचन क्षेत्र छन् । सत्ता गठबन्धनभित्र रहेका पाँच दलले २ सय ३३ वटा सिटमा दाबी पेस गरेका छन् । केही दिनअघि बसेको बैठकमा काँग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी पेस गरेको छ । जम्मा १६५ मात्र निर्वाचन क्षेत्रमा दलहरूले २ सय ३३ दाबी गरेपछि अब कसरी सत्ता गठबन्धनभित्र सिट बाँडफाँट हुन्छ लगायतका विषयमा नेपाली कांग्रेसका नेता मोहन बस्नेतसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंहरुभित्र गठबन्धनमा सिट बाँडफाँडको कुरा कसरी मिल्छ ?

सबैलाई धेरै पाऊँ भन्ने चाहना हुन्छ । गत स्थानीय निर्वाचनलाई मापदण्डका रूपमा हेरेर आ–आफ्नो औकातका अनुसार सहमति भएर निर्धारण हुन्छ । दलहरूले आफ्नो इच्छा लागेको मिति ल्याउन मिल्दैन । अहिलेको ताजा जनमतको कुरालाई राखेर निर्णय हुन्छ  । टिकट बाँड्ने बेला यसमा चाप बढ्छ र त्यति बेला दलहरू जम्मा भएर छलफल गरिन्छ । अहिले आफूले चाहेसम्म धेरै होस् भन्ने सबैको धारणा हो ।

नेपाली काँग्रेसले ७४ को निर्वाचनमा जम्मा २३ वटा सिट जितेको थियो तर यसपटक एक सय सिटमा दाबी गरेको छ, यो अस्वाभाविक भएन र ?

पहिलाको कुरा उठाउने हो भने कांग्रेसले ४८ सालमा ५६ सालमा बहुमत ल्याएर जितेको हो र  कम्युनिष्टहरुले पनि त्यो कुरा उठाउने हो भने माओवादी पनि यो देशको ठूलो पार्टी भएको छ तर बहुमत अहिलेसम्म बहुमत  ल्याउन सकेको  छैन ।

एमाले पनि ठूलो पार्टीका रूपमा आफूलाई प्रस्तुत गरेको मात्र हो बहुमत ल्याउन सकेको छैन ।

आफू कमजोर भएका ठाउँमा तालमेल गरेर सिट जित्ने हो । अहिलेको अवस्थामा त्यो कमजोर ठाउँमा कम्युनिस्टहरू एमालेलाई कमजोर बनाउने हिसाबले लागेका हुन् । तर गत निर्वाचनको कुरा गर्ने हो भने यो तालमेल अगाडि बढ्दैन ।

त्यसका लागि हुनै पर्दछ भन्ने पनि दलहरूको विचार छैन । त्यसैले ताजा जनमतलाई हेरेर कुरा गर्नु पर्दछ ।

माओवादी समाजवादी र मधेसकेन्द्रित दलहरूलाई पनि साथमा लिएर जाने हो । त्यसैले उहाँहरुका शीर्ष नेताहरूलाई कुनै ठाउँमा मिलाउन सकिन्छ तर कांग्रेसको एकलौटी जितेर बसेको ठाउँमा त्यो सम्भव छैन ।

जुन ठाउँमा कुनै पार्टीको जग बाहुल्यता छ भने त्यहाँ अर्को पार्टी लैजान मिल्दैन ।  त्यो भयो भने धेरै विद्रोह हुन्छ । जहाँ जसको बलियो छ त्यहाँ त्यसैले पाउनु पर्छ भन्ने मेरो धारणा हो ।

नेपाली काँग्रेसले १०० सिट दाबी गर्दा कतिसम्म झर्न सक्ने सम्भावना छ  ?

यसको निर्णय गर्ने अधिकार त सम्बन्धित निकायको छ तर मेरो व्यक्तिगत धारणामा ९० सिटभन्दा तल काँग्रेस झर्दैन ।

शीर्ष नेताहरूलाई व्यवस्थापन गर्नैपर्ने स्थितिमा त तपाईँहरूलाई समस्यामा पर्ला नि ?

पहिला नेकपा एमाले र माओवादी मिलेर चुनाव लडेको पार्टी तर अहिले त्यो नेकपाभित्रको ठूलो शक्ति एमालेबाट बाहिरिएको अवस्थामा अहिले त्यो एमालेको भोटहरूसँग लगेर गन्न मिल्छ ? मिल्दैन नि ।

अहिले गठबन्धनभित्र जसले जहाँ जितेको छ त्यहाँ छोड्दिने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने भनिएको छ । त्यसो हो भने त तपाईँको अवस्था के बन्छ ?

यदि जसले जहाँ जितेको छ, त्यहाँ दिने हो भने त हिजो काँग्रेस एक्लै आफै चुनाव लड्दा पनि ठूलो पार्टी बन्न सक्ने पार्टी अहिले गठबन्धन गरेर हिँड्थ्यो । आ–आफ्नो जनमत कस्तो छ । जनता मार्गमा आएको परिणाम कस्तो छ । त्यो आधारमा  जनमतको शुद्ध मर्यादा रहने गरी सिट बाँडफाँट गर्ने हो ।

एमालेको त्यत्रो भोट पाएर कतिपय ठाउँमा, जस्तै डोटीमा समाजवादी पार्टीलाई एउटा भोट दिँदैनन् । हिजो एमालेसँग मिल्दा माओवादीले जितेको क्षेत्र हो ।

मेरो जिल्लामा  अग्नि सापकोटाको क्षेत्रमा हिजो उहाँको भन्दा धेरै भोट एमालेको थियो तर अहिले उहाँहरू सिन्धुपाल्चोकमा  एमालेसँग तालमेल गरेर चुनाव लड्नुभएको छ । हामी एक्लै लडेका हौँ र पनि हाम्रो ५४ वडामा ३२ वटा वडा काँग्रेसले जितेको छ । जम्मा पाँचवटा वडामा माओवादी केन्द्रले जितेको छ । पाँच वडामा जित्ने पार्टीले ३२ वटा जित्नेसँग दाबी गर्न सक्छ ।

सकेसम्म हामीले सबै नेतालाई व्यवस्थापन गरेर लैजाने हो । जनमत बलियो भएका चुनाव लड्ने र कमजोर भएका समानुपातिकमा जाने त्यसो गर्दा हुन्छ । एक ठाउँमा जनमत भएको ठाउँमा अर्कोलाई दिँदा समस्या हुन्छ । राम्रो हुँदैन । पुराना कम कमजोरीलाई आत्मसाथ गरेर अगाडि गयो भने समस्या हुँदैन ।

यदि परिस्थिति सहज भएन, कोही नेतालाई नै व्यवस्थापन गर्नका लागि अर्को जनाधार बलियो भएको पार्टीलाई हटाउने खोज्यो भने विद्रोह पनि हुन सक्छ भन्ने संकेत हो ?

गत निर्वाचनको परिणामलाई हेर्दा त्यस्तो हुँदा राम्रो देखिएन । शीर्ष नेताहरूलाई व्यवस्थापन गर्ने भनेको समानुपातिक भोटमा नै हो ।

माओवादी तथा समाजवादीहरु हिजो तालमेल गरेर निर्वाचनमा आउनुभएको हो । एमालेको मत त उहाँहरूको हुँदैन नि । कतिपय स्थानमा त एमालेको भोटले नै माओवादीले जितको हो ।

काँग्रेसका हारेका नेताहरूले चुनाव लड्न पाउनुपर्छ तर माओवादीका नेताहरूले जितेको भए पनि समानुपातिकमा बस्नुपर्छ भन्ने जुन धारणा छ, यसले त गठबन्धनमा ठूलो सकस निम्त्याउला नि ?

काँग्रेसका नेताहरू हिजो हारेको कारण एमालेको ठूलो मत त्यहाँ थियो । त्यो त अहिले बाँडिएर गइसक्यो । त्यो मत निकाल्ने हो भने त माओवादीको हैसियत कस्तो होला त ? जसरी नि तेस्रो हुने हो । सबै पार्टी मिल्दा पनि काँग्रेस पहिलो छ ।

स्थानीय पार्टीमा जस्तो माओवादी फरक पार्टीसँग अलाइन्स गरेर लड्यो भने के हुन्छ ?

गठबन्धनको एउटा सिद्धान्त यो एमालेसँग नमिल्ने सम्भव हुन्छ भने त्यो तोकिएको ५ दलहरू बीचमा नै मिलेर गर्ने भन्यौँ तर सुनकोसी गाउँपालिकामा माओवादीले वडादेखि नै एमालेसँग मिल्दै गयो । त्यसरी गएको हामीले स्वीकारेनौँ र पनि हामीसँग दुई तिहाइ मत छ ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ४८ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान