‘काँग्रेसले जितेका क्षेत्रमा सिट दिइँदैन, समानुपातिकमा मिलाउन सकिन्छ’ « Khabarhub

‘काँग्रेसले जितेका क्षेत्रमा सिट दिइँदैन, समानुपातिकमा मिलाउन सकिन्छ’


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुन गइरहेको संसदीय निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनभित्र सिट बाँडफाँट कुन हिसाबले होला भन्नेमा सबैलाई चासो छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जम्मा १ सय ६५ निर्वाचन क्षेत्र छन् । सत्ता गठबन्धनभित्र रहेका पाँच दलले २ सय ३३ वटा सिटमा दाबी पेस गरेका छन् । केही दिनअघि बसेको बैठकमा काँग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी पेस गरेको छ । जम्मा १६५ मात्र निर्वाचन क्षेत्रमा दलहरूले २ सय ३३ दाबी गरेपछि अब कसरी सत्ता गठबन्धनभित्र सिट बाँडफाँट हुन्छ लगायतका विषयमा नेपाली कांग्रेसका नेता मोहन बस्नेतसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंहरुभित्र गठबन्धनमा सिट बाँडफाँडको कुरा कसरी मिल्छ ?

सबैलाई धेरै पाऊँ भन्ने चाहना हुन्छ । गत स्थानीय निर्वाचनलाई मापदण्डका रूपमा हेरेर आ–आफ्नो औकातका अनुसार सहमति भएर निर्धारण हुन्छ । दलहरूले आफ्नो इच्छा लागेको मिति ल्याउन मिल्दैन । अहिलेको ताजा जनमतको कुरालाई राखेर निर्णय हुन्छ  । टिकट बाँड्ने बेला यसमा चाप बढ्छ र त्यति बेला दलहरू जम्मा भएर छलफल गरिन्छ । अहिले आफूले चाहेसम्म धेरै होस् भन्ने सबैको धारणा हो ।

नेपाली काँग्रेसले ७४ को निर्वाचनमा जम्मा २३ वटा सिट जितेको थियो तर यसपटक एक सय सिटमा दाबी गरेको छ, यो अस्वाभाविक भएन र ?

पहिलाको कुरा उठाउने हो भने कांग्रेसले ४८ सालमा ५६ सालमा बहुमत ल्याएर जितेको हो र  कम्युनिष्टहरुले पनि त्यो कुरा उठाउने हो भने माओवादी पनि यो देशको ठूलो पार्टी भएको छ तर बहुमत अहिलेसम्म बहुमत  ल्याउन सकेको  छैन ।

एमाले पनि ठूलो पार्टीका रूपमा आफूलाई प्रस्तुत गरेको मात्र हो बहुमत ल्याउन सकेको छैन ।

आफू कमजोर भएका ठाउँमा तालमेल गरेर सिट जित्ने हो । अहिलेको अवस्थामा त्यो कमजोर ठाउँमा कम्युनिस्टहरू एमालेलाई कमजोर बनाउने हिसाबले लागेका हुन् । तर गत निर्वाचनको कुरा गर्ने हो भने यो तालमेल अगाडि बढ्दैन ।

त्यसका लागि हुनै पर्दछ भन्ने पनि दलहरूको विचार छैन । त्यसैले ताजा जनमतलाई हेरेर कुरा गर्नु पर्दछ ।

माओवादी समाजवादी र मधेसकेन्द्रित दलहरूलाई पनि साथमा लिएर जाने हो । त्यसैले उहाँहरुका शीर्ष नेताहरूलाई कुनै ठाउँमा मिलाउन सकिन्छ तर कांग्रेसको एकलौटी जितेर बसेको ठाउँमा त्यो सम्भव छैन ।

जुन ठाउँमा कुनै पार्टीको जग बाहुल्यता छ भने त्यहाँ अर्को पार्टी लैजान मिल्दैन ।  त्यो भयो भने धेरै विद्रोह हुन्छ । जहाँ जसको बलियो छ त्यहाँ त्यसैले पाउनु पर्छ भन्ने मेरो धारणा हो ।

नेपाली काँग्रेसले १०० सिट दाबी गर्दा कतिसम्म झर्न सक्ने सम्भावना छ  ?

यसको निर्णय गर्ने अधिकार त सम्बन्धित निकायको छ तर मेरो व्यक्तिगत धारणामा ९० सिटभन्दा तल काँग्रेस झर्दैन ।

शीर्ष नेताहरूलाई व्यवस्थापन गर्नैपर्ने स्थितिमा त तपाईँहरूलाई समस्यामा पर्ला नि ?

पहिला नेकपा एमाले र माओवादी मिलेर चुनाव लडेको पार्टी तर अहिले त्यो नेकपाभित्रको ठूलो शक्ति एमालेबाट बाहिरिएको अवस्थामा अहिले त्यो एमालेको भोटहरूसँग लगेर गन्न मिल्छ ? मिल्दैन नि ।

अहिले गठबन्धनभित्र जसले जहाँ जितेको छ त्यहाँ छोड्दिने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने भनिएको छ । त्यसो हो भने त तपाईँको अवस्था के बन्छ ?

यदि जसले जहाँ जितेको छ, त्यहाँ दिने हो भने त हिजो काँग्रेस एक्लै आफै चुनाव लड्दा पनि ठूलो पार्टी बन्न सक्ने पार्टी अहिले गठबन्धन गरेर हिँड्थ्यो । आ–आफ्नो जनमत कस्तो छ । जनता मार्गमा आएको परिणाम कस्तो छ । त्यो आधारमा  जनमतको शुद्ध मर्यादा रहने गरी सिट बाँडफाँट गर्ने हो ।

एमालेको त्यत्रो भोट पाएर कतिपय ठाउँमा, जस्तै डोटीमा समाजवादी पार्टीलाई एउटा भोट दिँदैनन् । हिजो एमालेसँग मिल्दा माओवादीले जितेको क्षेत्र हो ।

मेरो जिल्लामा  अग्नि सापकोटाको क्षेत्रमा हिजो उहाँको भन्दा धेरै भोट एमालेको थियो तर अहिले उहाँहरू सिन्धुपाल्चोकमा  एमालेसँग तालमेल गरेर चुनाव लड्नुभएको छ । हामी एक्लै लडेका हौँ र पनि हाम्रो ५४ वडामा ३२ वटा वडा काँग्रेसले जितेको छ । जम्मा पाँचवटा वडामा माओवादी केन्द्रले जितेको छ । पाँच वडामा जित्ने पार्टीले ३२ वटा जित्नेसँग दाबी गर्न सक्छ ।

सकेसम्म हामीले सबै नेतालाई व्यवस्थापन गरेर लैजाने हो । जनमत बलियो भएका चुनाव लड्ने र कमजोर भएका समानुपातिकमा जाने त्यसो गर्दा हुन्छ । एक ठाउँमा जनमत भएको ठाउँमा अर्कोलाई दिँदा समस्या हुन्छ । राम्रो हुँदैन । पुराना कम कमजोरीलाई आत्मसाथ गरेर अगाडि गयो भने समस्या हुँदैन ।

यदि परिस्थिति सहज भएन, कोही नेतालाई नै व्यवस्थापन गर्नका लागि अर्को जनाधार बलियो भएको पार्टीलाई हटाउने खोज्यो भने विद्रोह पनि हुन सक्छ भन्ने संकेत हो ?

गत निर्वाचनको परिणामलाई हेर्दा त्यस्तो हुँदा राम्रो देखिएन । शीर्ष नेताहरूलाई व्यवस्थापन गर्ने भनेको समानुपातिक भोटमा नै हो ।

माओवादी तथा समाजवादीहरु हिजो तालमेल गरेर निर्वाचनमा आउनुभएको हो । एमालेको मत त उहाँहरूको हुँदैन नि । कतिपय स्थानमा त एमालेको भोटले नै माओवादीले जितको हो ।

काँग्रेसका हारेका नेताहरूले चुनाव लड्न पाउनुपर्छ तर माओवादीका नेताहरूले जितेको भए पनि समानुपातिकमा बस्नुपर्छ भन्ने जुन धारणा छ, यसले त गठबन्धनमा ठूलो सकस निम्त्याउला नि ?

काँग्रेसका नेताहरू हिजो हारेको कारण एमालेको ठूलो मत त्यहाँ थियो । त्यो त अहिले बाँडिएर गइसक्यो । त्यो मत निकाल्ने हो भने त माओवादीको हैसियत कस्तो होला त ? जसरी नि तेस्रो हुने हो । सबै पार्टी मिल्दा पनि काँग्रेस पहिलो छ ।

स्थानीय पार्टीमा जस्तो माओवादी फरक पार्टीसँग अलाइन्स गरेर लड्यो भने के हुन्छ ?

गठबन्धनको एउटा सिद्धान्त यो एमालेसँग नमिल्ने सम्भव हुन्छ भने त्यो तोकिएको ५ दलहरू बीचमा नै मिलेर गर्ने भन्यौँ तर सुनकोसी गाउँपालिकामा माओवादीले वडादेखि नै एमालेसँग मिल्दै गयो । त्यसरी गएको हामीले स्वीकारेनौँ र पनि हामीसँग दुई तिहाइ मत छ ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ४८ बजे

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव