पहिराले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध « Khabarhub

पहिराले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ ।

‘त्यस ठाउँमा विभिन्न तीन-चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ’, उनले भने, ‘पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला ।’

गए रातिदेखि नियमित परेको बर्सातले पहिरो गएको हो । पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : २५ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको