स्रोत नखुलेको नगदसहित एक जना पक्राउ « Khabarhub

 स्रोत नखुलेको नगदसहित एक जना पक्राउ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको ४ लाख ५१ हजार ९ सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका–३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : १४ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक