नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ? « Khabarhub

नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ?


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी छन् ।

जसका कारण प्रतिनिधिसभाले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको सन्देशसहितको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले आइतबार विधायन समितिमा पठाएको हो ।

राष्ट्रिय सभाले पठाएकै भोलिपल्ट सोमबार विधायन समितिमा छलफल सुरु भएको हो ।

छलफलमा कसले के भने ?

देवेन्द्र दाहाल

नागरिकता विधेयकबारे पहिले सरकारको धारणा आओस् । त्यसपछि मात्रै अगाडि बढौँ । सरकार के चाहन्छ, त्यसपछि हामीलाई आफ्नो धारणा राख्न सहज हुन्छ  ।

बिमला राई पौड्याल 

प्रक्रियाको विषयमा के हो ? पहिला विधेयक आयो, संशोधन हालौँ । तर, छलफल नगरी पारित गरेर पठाइएको थियो । अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऔँ ।

भगवती न्यौपाने

गहन रूपमा छलफल गर्नुपर्ने हुन्छ । पहिले सरकारको धारणा चाहियो ।

भैरव सुन्दर श्रेष्ठ 

विज्ञको कुरा सुन्नुपर्छ । नागरिकता विधेयक जस्तो विषयमा छिटो छिटो भनेर हुँदैन ।  हामीले पहिले पनि संशोधन हालेका थियौँ । त्यही कुरा राष्ट्रपतिले फिर्ता पठाउँदा भन्नुभएको छ  । यसलाई प्रक्रियागत रूपमा लैजाऔँ । लोकतन्त्रमा बहुमत र अल्पमत हुन्छ । विगतमा पनि माने कै हो । यसलाई जित र हारको विषय नबनाऔँ । गहन छलफल गरौँ । सबै पक्षको कुरा सुनेर अगाडि बढाँै ।

प्रमिला कुमारी  

जन्मसिद्धको सन्तान अनागरिक छन् । यही कुरा नै मुख्य हो अविलम्ब पारित गरौँ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : ५२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ