केभीकेएसएस बास्केटबल भोलिदेखि | Khabarhub Khabarhub

केभीकेएसएस बास्केटबल भोलिदेखि


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तर विद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

ब्वाइज टिमलाई आठ तथा गल्र्सलाई चार समूहमा विभाजन गरिने छ । ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् ।

२२ भदौसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ३ : १९ बजे

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ – मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी