जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ « Khabarhub

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।

उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मङ्सिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपैयाँ जरिवाना भराउन आदेश दिएको थियो । पक्राउ परेका लिम्बुलाई प्रहरीले आज जिल्ला अदालमा बुझाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ४३ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित