दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह, सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी, शान्तिप्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको प्रचण्डको आरोप, संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाप्रति एमालेकाे आशंका, चुनावपछि ओली प्रधानमन्त्री बन्ने पाेखरेलकाे दावी , काठमाण्डौका मेयर शाहलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश,  २४ घण्टामा २ सय २६ जनामा कोरोना पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

कांग्रेस पदाधिकारीसहित सोमबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएको भन्दै प्रमाणीकरण गर्न अनुरोध गरेका हुन । संसदको दुवै सदनबाट पास भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन ।

सुरक्षाको दृष्टिकोणलाई समेत मध्यनजर गर्दै उक्त विधेयकमा पुनः छलफल आवश्यकता रहेको उनले सन्देशमा भनेकी थिइन् । तर प्रतिनिधिसभाले उक्त विधेयकलाई पुनः जस्ताको तस्तै पारित गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागपछि मतविभाजन गरिएको उक्त विधेयक पुनः बहुमतका साथ पारित भएको थियो ।

नागरिकता विधेयक यतिबेला राष्ट्रियसभाअन्तर्गतको विधायन समितिमा छलफलका लागि पठाइएको छ। राष्ट्रियसभाले छलफल आवश्यक रहेको भन्दै उक्त विधेयक विधायन समितिमा पठाएको हो ।

सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी
गृहमन्त्री बालकृष्ण खाँणले सवैको सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी गरेका छन् ।

सोमबार बसेको बिधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ बिधेयक पनि सहमतिमा नै ल्याएको दावी गरेका हुन् ।

अहिले पनि लाखौं नागरिकहरु नागरिकताबिहिन भएर बस्नु परेको भन्दै उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको धारणा राखे ।

उनले नयाँ कानून अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमा नरहेका कारण नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पार्नुभयो । गृहमन्त्री खाँणले बिधेयकका बिषयमा राष्ट्रपतिले उठाएका सवाल महत्वपूर्ण रहेकाले कतिपय बिषय सम्बोधन गरेर नै अघि बढ्नुपर्ने धारणा राखे ।

शान्तिप्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्तिप्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाका छन् । सोमबार काठमाडौंमा आयोजित माओवादी पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुङ्गीन नदिन भाँजो हाल्ने काम गर्न खोजिएको आरोप लगाउएका हुन् ।

उनले संक्रमणकाली न्यायका सन्दर्भमा माओवादीलाई अपराधी देखाउन खोज्ने काम भएको र माओवादीलाई ठेगान लगाउन बिधेयक ल्याउनुपर्ने तर्क गर्न खोजिएको जिकिर गरे । प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफैँले गरेको तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नमान्दा त्यो प्रावधानसहितको विधेयक पेस हुन नसकेको धारणा राखे ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाप्रति एमालेकाे आशंका
नेकपा एमालेका सांसदहरुले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकबाट नभइ नियमित प्रक्रियाबाटै अघि बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफलका क्रममा उनीहरुले हतारमा संक्रमणकालीन न्यायको विषय टुंगाउन खोज्नु उचित नहुने धारणा राखेका हुन् ।बैठकमा एमाले सांसद प्रदीप ज्ञवाली लेसंक्रमणकालीन न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रिय रुपमा पनि स्वीकार्य हुनुपर्ने धारणा राख्नुभयो । सो बिधेयक पारित गर्दा प्रक्रिया उल्लंघन गरेमा थप गिजोलिने उनको भनाई छ ।

त्यस्तै एमालेका अर्का सांसद भीम रावलले नेपालमा पुन द्वन्द्व चाहने खेलप्रति सरकार र राजनीतिक दलहरु सजक हुनुपर्ने बताए । द्वन्द्वकालमा भएका जघन अपराधका बिषयलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले नेपालीहरुले अन्तराष्ट्रिय समूदायलाई पनि ध्यान दिदै उहाले उचित तवरले यस बिषयलाई टुङ्गाउनुपर्ने धारणा राखे ।

त्यस्तै एमालेका अर्का सांसद खगराज अधिकारीले निर्वाचनको मिति तोकिसकेपछि बिधेयक ल्याएर सरकारले झारो टार्ने काम गर्न खोजेको तर्क गरे । सो बिधेयकमाथिको छलफलका क्रममा सत्तापक्षका सांसदहरुले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन ढिला गर्न नहुने धारणा राखेका थिए ।

चुनावपछि ओली प्रधानमन्त्री बन्ने पाेखरेलकाे दावी 
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको बताएका छन ।

काठमाडौंमा आज सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रममा पोखरेलले एमालेसंग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाएकाले अन्य दललाई पनि गठबन्धनमा भित्राउने तयारी भएको बताएका हुन् ।

उनले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको र अन्य दललाई साथमा लिएर हिडेको तर्क गरे । त्यस्तै पोखरेलले निर्वाचनपछि जनताले पुन एमालेलाई सरकारमा पुराउने र केपी ओली नै प्रधानमन्त्री बन्ने दावी गरे ।

काठमाण्डौका मेयर शाहलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

नर्भिक अस्पतालले नक्सा पास नगरि अवैध संरचना बनाएको र सरकारी जग्गा अनधिकृत रूपमा प्रयोग गरिरहेको भन्दै महानगरपालिकाले संरचना हटाउने निर्णय गरेको थियो ।

२४ घण्टामा २ सय २६ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ११ जनाको नमुना परीक्षण गर्दा दुई सय २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा दुई सय २३ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा तीन हजार दुई सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार दुई सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् ।

सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार सम्हालेका छन् । माओवादी केन्द्रबाट योजनामन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो । यसअघि माओवादी केन्द्रबाट योजनामन्त्रीमा विन्दमान विष्ट र ऊर्जामन्त्रीमा गणेशप्रसाद सिंह थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ८ : ३४ बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको