संघीय शिक्षा ऐन नआउँदा मारमा शिक्षक « Khabarhub

संघीय शिक्षा ऐन नआउँदा मारमा शिक्षक


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : संघीय संसद् र सरकारको पहिलो कार्यकाल सकिन लाग्दा पनि संघीय शिक्षा ऐन नआउँदा विद्यालयका शिक्षक मारमा परेका छन् । विद्यालय शिक्षालाई संविधानले स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेपनि ऐन नहुँदा स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र संघ सरकारकै विभिन्न निर्देशनले शिक्षक मारमा परेका हुन् ।

संसद् तथा सरकार बनेको पाँच वर्ष बित्न लागेपनि संघीय शिक्षा ऐन नआउँदा प्रदेश र पालिकाले शिक्षा ऐन बनाएर काम गर्न सकेका छैनन् । जसकारण जनप्रतिनिधिले पनि मनलाग्दी निर्णय शिक्षकमाथि लाद्ने गरेको गुनासो शिक्षक तथा कर्मचारीले गरेका छन् ।

काठमाडौँको पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जितले ऐन नभएका कारण संघ, प्रदेश र पालिकाबाट पाउनुपर्ने पर्याप्त सहयोग नपाएको गुनासो गरिन् । आफ्नै बलबुताले विद्यालय सुधार गरेर नमूना बनाएपनि ऐनकै कारण जनप्रतिनिधि र शिक्षक अलमलमा रहेको उनले सुनाइन् ।

‘शिक्षकले चाहे विद्यालय सुधार गर्न सकिन्छ भन्ने कुरा हामीले प्रमाणित गरेका छौँ’ उनले सोमबार खबरहबले आयोजना गरेको कार्यक्रममा भनिन्, ‘तर स्पष्ट रुपमा काम गर्नलाई ऐन नभएकै कारण संघ, प्रदेश र पालिकाबाट आवश्यक सहयोग पाउन सकेनौँ । जनप्रतिनिधिको मनलाग्दी निर्णयले उल्टै मारमा परिरहेका छौँ ।’

विद्यालय सुधार अभियानमा तीनै तहबाट सहयोग भएपनि स्पष्ट ऐन नभएको उनको गुनासो थियो । यस्तै कार्यक्रममा विश्वनिकेतन माविका शिक्षक हेरम्भराज कँडेलले स्पष्ट एैन नभएकै कारण पालिकाबाट पाउनुपर्ने शिक्षकको तलब समयमा पाउन नसकिएको बताए ।

‘हामीले शिक्षा मन्त्रालयबाट पठाइएको शिक्षकको तलब नै महानगरपालिकाबाट पाउन सकिरहेका छैनौ’ उनले कार्यक्रममा भने, ‘ऐन नभएकै कारण जनप्रतिनिधिले शिक्षालाई प्राथमिकता दिने, क्षेत्राधिकार स्पष्ट पार्ने, संरचना बनाउने र विद्यालय व्यवस्थापन गर्ने कुरालाई मनलाग्दी बनाइएको छ ।’

संघीयताअनुसार मूल कानुन नभएका कारण विद्यालयमा शिक्षाको गुणस्तर कायम राख्न चुनौति थपिएको पनि उनले बताए । यस्तै कार्यक्रममा पद्मकन्या माविकी प्रधानाध्यापक रिता तिवारीले ऐन नभएका कारण पालिका, प्रदेश र संघ सरकारबाट शिक्षा सुधारका लागि गर्नुपर्ने काममा पर्याप्त कार्यक्रम हुन नसकेको बताइन् । तीनै तहको समन्वय हुनुपर्नेमा अहिलेसम्म अन्योलको अवस्था मात्रै सिर्जना भएको उनले बताइन् ।

कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले शीर्ष नेता, शिक्षा मन्त्री र शिक्षा मन्त्रालयकै कर्मचारीका कारण संघीय शिक्षा ऐन आउन नसकेको बताए । ‘शिक्षकको बलबुताले विद्यालय राम्रा भएकै छन् । केही हुनै सकेका छैनन’ उनले भने, ‘शिक्षा मन्त्रालयले एउटा ऐन दिन नसक्दा पनि शिक्षकले धेरै दिएका छन् । यसमा मन्त्री, शिक्षामन्त्री, प्रधानमन्त्री र मन्त्रालयकै कर्मचारी दोषी छन् ।’

शिक्षा विभागका प्रवक्ता डिल्ली लुइटेलले भने शिक्षकलाई काम गर्न ऐनले नरोकेको बताए । ऐनको मस्यौदा शिक्षा मन्त्रालयबाट अर्थ हुँदै कानुन मन्त्रालयमा पुगेको भन्दै चाँडै ऐन आउने उनले बताए ।

‘पटक पटक ऐनको ड्राफ्टमा छलफल भइरहेको छ’ उनले कार्यक्रमको सारमा भने, ‘अहिले यति भनौँ ऐन चाँडै आउँछ । तर ऐन नभएकै कारण शिक्षाको कुनै पनि काम रोकिएको छैन ।’

‘संघीय शिक्षा ऐन र संघीयतामा शिक्षाको सुधार’ विषयक कार्यक्रममा स्थानीय तहमा शिक्षा हेर्ने कर्मचारी, शिक्षा बिटका पत्रकार, शिक्षक, अभिभावक, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ५८ बजे

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि