अवैध रुपमा विभिन्न ब्राण्डको लोगो प्रयोग गरी चामल बिक्री गर्ने दुई जना पक्राउ « Khabarhub

अवैध रुपमा विभिन्न ब्राण्डको लोगो प्रयोग गरी चामल बिक्री गर्ने दुई जना पक्राउ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विना अनुमति विभिन्न ब्राण्डको लोगो प्रयोग गरि चामल बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङले विभिन्न ब्राण्डको लोगो राखी चामल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कम्पनीका सञ्चालक एस अग्रावालल र मेनेजर लाल बहादुर बस्नेत रहेका छन् । उनीहरुले आयातित चामलमा थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, जन्नत, जन्नत जिरा, सुवास, साँचो सोनम, घैला, कोहिनुर, जिवा, साँचो क्लासिक, मुवारक क्याटरिना जिरा, साँचो लङ्ग ग्रेन, स्पेशल अनेष्टी, सुवाश उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही वासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस लगायतका लोगो राखी बेच्ने गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उक्त उद्योगबाट एक लाख ८० हजार ३० केजी चामल तथा प्याकेजिङका लागि राखिएको ४७,४६० किलो चामल बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ५० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका