विशेष अपरेसनका लागि प्रयोग हुने संग्रहालय « Khabarhub

विशेष अपरेसनका लागि प्रयोग हुने संग्रहालय


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विभिन्न पुरातात्त्विक महत्त्वका वस्तु राखिएको सङ्ग्रहालयले इतिहासको थुप्रै कालखण्डको झझल्को दिन्छ। महत्त्वपूर्ण हुनुका बाबजुद त्यो संग्रहालय आम मानिसका लागि वर्षौदेखि बन्द रहेको छ।

ओसमा बिन लादेन मरेपछि भ्रमणकारीले त्यहाँ बन्दुक फेला परेका थिए। त्यो सद्याम हुसेनको छालाको ज्याकेटसँगै थियो। अन्य वस्तु जो कोहीका लागि हेर्न मुस्किल नै पर्छ। यो सीआईएको गोप्य बन्द कोठाको संग्रहालय हो।

भर्जिनियामा रहेको अमेरिकी गुप्तचर निकायको मुख्यालयमा त्यो संग्रहालय छ। सीआईएको ७५ औं वर्षगाँठको अवसरमा धेरै सामान पुनः मर्मत सम्भार गरिए। त्यसै क्रममा संग्रहालय खोलिएको थियो।

६ सय कलाकृतिले सित युद्धकालीन समयलाई प्रस्ट झल्काएका थिए। खरायोको आकृति, चुरोटको बट्टामा राखिएको सानो क्यामरा र चरामार्फत् प्रयोग गरिएको क्यामरा मात्र होइन विस्फोट भएर धुजाधुजा भएका सिसाका टुक्रा पनि त्यहाँ थिए।

सीआईएको पछिल्लो समयको चर्चित अपरेसनको तथ्यांक र रिपोर्ट पनि त्यहाँ राखिएको थियो। त्यहाँ प्रस्तुत गरिएका तथा देखाइएका सामग्रीकै आधारमा ओसमा बिन लादेन पाकिस्तानमा तयार भएको प्रस्ट भएको थियो। सन् २०११ मा अल कायदाको नेता मारिनु अगाडि अमेरिकी राष्ट्रपति बराक ओबामाले त्यहाँ प्रदर्शन हेरेर अपरेसनका लागि अनुमति दिएका थिए।

‘त्यहाँ धेरै कुरा थ्रिडीमा देख्न सकिन्छ। जसको कारण नीति बनाउनेहरूले सहजै नीति बनाउन सक्छन्। त्यसका साथै अपरेटरलाई मिसनको योजना तयार गर्न सहज हुनेछ’, संग्रहालयका निर्देशक रोबर्ट जी वायरले भनेका छन्।

३० जुलाईका दिन अमेरिकाले अर्को मिसाइलको प्रयोग गरेको थियो। अफगानिस्तानको राजधानी काबुलमा गरिएको त्यो प्रहार अल कायदाका नयाँ नेता आयम अल जहावरी लक्षित थियो। त्यो भन्दा अगाडि नै १ जुलाइका दिन यसको डेमो राष्ट्रपति जो वाइडेनलाई देखाइएको थियो। अमेरिकी गुप्तचर निकायको वर्षौपछिको अध्ययन पछि आफ्नै घरको बल्कुनेमा बसिरहेका जहावरीलाई निसाना बनाइएको थियो।

‘यहाँबाट आतङ्कवाद विरोधी काम गर्नेले जीवनलाई कसरी चलाएका हुन्छन् भन्ने पनि प्रस्ट हुन्छ , वायरले भने। सन् १९४७ मा स्थापित यो सङ्ग्रहालय सुरुवाती दिनमा कालानुक्रमित थियो। सित युद्धको सुरुआतदेखि सन् २००१ सम्म यो संग्रहालय नै आतंकवाद विरोधी योजना बनाउन बढी केन्द्रित भएको थियो।

आक्रमणमा मारिनेका आफन्तले दिएको उनीहरूसँग सम्बन्धित धेरै विषयवस्तु त्यहाँ राखिएका हुन्छन्। यस संग्रहालय भ्रमण गर्ने दर्शक भनेकै त्यहाँका कर्मचारी र अन्य आमन्त्रित अधिकारी हुन्। त्यहाँ सफलताको कुरा मात्र सङ्ग्रह गरिएको छैन। क्युबाका फिडेल क्यास्ट्रोलाई फ्याँक्ने सीआईएको लक्ष्यमा असफल भएपछि यो अपुरो लक्ष्यका विषयलाई पनि संग्रहालय राखिएको छ। साथै इराकमा भएको ठुलो हमलापछि हतियार जम्मा गर्ने योजना पनि असफल भएको थियो।

‘यो इतिहास जगाउने एउटा सङ्ग्रहालय मात्र होइन। यो अपरेसन संग्रहालय हो। हामी सीआईएका अधिकारीको इतिहासलाई संरक्षण गरिराखेका छौं। इतिहासमा राम्रो र नराम्रो दुवै भएका छन्,’ वायरले भने, ‘अझ राम्रो भविष्यका लागि हामीले हाम्रो सफलता र असफलता दुबैबाट सिक्न सक्छौं।’

सीआईएका केही विवादास्पद कदम भने त्यहाँ राम्रोसँग देख्न सकिने छैन। उदाहरणका लागि सन् १९५३ मा एमआईसीक्ससँग मिलेर इरानको निर्वाचित सरकारलाई फ्याँक्न गरेको प्रयास विवादित बनेको थियो। यसैगरी, २००१ पछि आतङ्कवादको शंकामा धेरैलाई दिइएको यातना पनि विवादमा नआएको होइन।

सङ्ग्रहालय स्थापनको उत्तरार्द्धको समय भने पक्कै पनि निर्धारित केही अपरेसनमा बढी केन्द्रित भएको थियो। इतिहासले स्वीकार गर्न र नकार्न पनि नसकेका थुप्रै घटना पनि छन्। यिनका बारे पनि त्यस संग्रहालयबाट थाहा पाउन सकिन्छ। अन्यले अनुमान नै गरेको थुप्रै रिपोर्ट पनि त्यहाँ राखिएका छन्।

सन् १९६० मा सोभियत सङ्घको पानीडब्बी महासागरमा हराएको थियो। अमेरिकाले यसको स्थान पत्ता लगाएपछि सीआईएले अरबपति हवार्ड ह्युग्ससँग मिलेर यसलाई पुननिर्माण गर्ने प्रयास गरेका थिए। त्यस समयमा ह्युग्स ग्लोमर एक्सप्लोरर नामको डुङ्गा लिएर त्यहाँ गएका थिए।

त्यस सङ्ग्रहालयमा सोभियत पनडुब्बीको नमूना राखिएको छ । साथै लुगा र ग्लोमर ढाक्ने कपडा लगायत त्यहाँ अझै सुरक्षित छन्। त्यो मिसनलाई आंशिक सफल मिसन मानिन्छ। किनकी त्यस डुङ्गाबाट जहाजका कुनै भाग भने ल्याइएको थियो। त्यो समयमा फेला परेको पानीडब्बी अहिले पनि महत्त्वपूर्ण मानिएको छ। यो परियोजनालाई प्रोजेक्ट एरोजीनको नामले पनि चिनिन्थ्यो। त्यस समयमा नै अधिकारीले आंशिक सफलतालाई ग्लोमर रेस्पोन्सको रूपमा चिन्ने गरेका थिए।

अर्गो नामक काल्पनिक मुभीको कभर स्टोरी बनाउन पनि त्यहाँ धेरै कुरा समावेश गरिएका थिए। त्यहाँ विभिन्न स्थानको कोड सहितको सन्देश पनि थाहा पाउन सकिन्छ।

सीआईए अधिकारी त्यहाँ भित्रका केही दृश्य र केही चिज सामाजिक सञ्जालमा राख्न पनि मिल्ने कुरामा सहमत छन्। त्यहाँका धेरै कुरा पछि अनलाइनमा पनि राख्न सकिने अधिकारी बताउँछन्।

तत्कालका लागि भने आम मानिसका लागि त्यो सङ्ग्रहालय बन्द नै रहेको छ। त्यसो त मानिसको इतिहास नै रगतले लतपतिएको छ। अमेरिकी स्वतन्त्रता युद्धदेखि विश्व युद्धसम्म मान्छेको इतिहासमा युद्धकै चर्चा धेरै भएको छ।

युद्धका यी नै तथ्यांक र ऐतिहासिक दस्तावेजलाई प्रस्ट गर्ने सोचका साथ थुप्रै युद्ध सङ्ग्रहालयको स्थापना भएका छन्। प्रायः देशमा त्यसका सङ्ग्रहालय पुरातत्त्व विभाग अन्तरगत नै रहने गरेका छन्।

लन्डनको ‘इम्पेरियल वार म्युजियम’ र आरिल्यान्डका रहेको राष्ट्रिय दोस्रो विश्वयुद्ध सङ्ग्रहालय यसै खाले चर्चित सङ्ग्रहालय रहेका छन्। यी सङ्ग्रहालयमा प्राय ध्वस्त रहेको फाइटर प्लेन, मध्य युगिन समयमा युद्धमा प्रयोग भएका युद्ध जहाज र त्यहाँ भित्रका केही जीवका अस्तित्वसमेत राखिएका छन्।

इतिहास झल्काउने सङ्ग्रहालयमा मस्कोको म्युजियम अफ ग्रेट पेयोटिक वार पनि संसारमा परिचित युद्ध सङ्ग्रहालय हो। दोस्रो विश्व युद्ध सकिएको ५० औं वर्ष गाँठमा सन् १९५५ मा यसको स्थापना भएको हो।

भियनाको म्युजियम अफ मिलिटरी इतिहास अर्को परिचित सङ्ग्रहालय हो। यो अष्ट्रटेलियन सैन्य शक्तिले स्थापना गरेको हो। यसले सम्राट्कालीन इतिहासलाई संस्मरण गराउँछ । अस्ट्रिया सैन्य महाशक्ति भएको समयको स्मरण गराउन त्यो सङ्ग्रहालय सार्थक ठानिन्छ।

पेरिसको लेस इन्भालेडिज एकदमै पुरानो संग्रहालय हो। राजा लुइस चौधौंले सन् १६७० मा अस्पतालको रूपमा यसलाई तयार पारेका थिए। अवकाशप्राप्त सेनाका लागि यसलाई तयार पारिएको थियो।
१६७६ मा सकिएको यो भवन सन् १९०५ बाट संग्रहालयको रूपमा रहेको छ। यसमा १३ औंदेखि १७ औं शताब्दी बीचको सैन्य अवशेषलाई राखिएको छ। संसारका इतिहासमै चासो राखिने नेपोलीयन युग र राजतन्त्रात्मक फ्रान्सको युगको बारे यहाँ भ्रमण गर्नेले राम्रोसँग जानकारी पाउन सक्छन्।
यसैगरी बेल्जियममा रहेको ‘रायल म्युजियम अफ आम्र्ड फोर्स एन्ड मिलिटरी हिस्ट्री’ इतिहास झल्काउने संग्रहालय हो। यसमा धेरै जसो पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धसँग सम्बन्धित विषयको झझल्को दिने गरिएको छ।

यसैगरी डच रेसिस्टेन्स म्युजियम र पोर्टेस माउथको नेशनल म्युजियम अफ रोयल नेभी पनि संसारका उत्कृष्ट युद्ध सङ्ग्रहालयको रूपमा परिचित छन्।

संसारका धेरै सङ्ग्रहालय युद्धसँगै सम्बन्धित छन्। ती प्राय युद्धको स्मरण गराउन प्रयोग हुन्छन्। तर, अमेरिकाका सीआईए अन्तरगत रहेको संग्रहालय भने युद्धको स्मरण गर्न होइन नयाँ युद्धको तयारीमा पनि त्यत्तिकै प्रयोग हुन्छन्। स्रोत : हिस्ट्रीहिट, बीबीसी

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ८ : ४१ बजे

दाङमा बदर मत धेरै

काठमाडौँ- गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ

भेरी करिडोरका पुल अझै निर्माण हुन सकेनन्

काठमाडौँ- एक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएका भेरी

क्यामरुनमा पहिरोमा परी १४ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर १४

प्रदेश १ मा २४ सिटसहित एमाले पहिलो दल

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत

मधेश प्रदेश सभामा एमाले पहिलो दल

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक