‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्‍याउन जरुरी’ « Khabarhub

‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्‍याउन जरुरी’


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी– फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा अध्यागमन कार्यालयमा यतिखेर चहलपहल बढिरहेको छ ।

 विभिन्न कामसहित त्यहाँ कार्यालयमा पुग्ने अधिकांशतः विदेशी पर्यटकको ध्यान त्यहाँ प्रदर्शनमा राखिएका कलाले आकर्षित गरेको छ । कलाका क्षेत्रमा पानी रङगको सहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धननगेन आर्ट एकेडेमीको सहकार्यमा कलाकार नगेन सिंहको एकल कला प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीमा कलाकार सिंहले तयार गरेका जीवन जगतका विभिन्न यथार्थता झल्किएका कला राखिएका छन् ।

सिंहको उक्त बाह्रौँ एकल कला प्रदर्शनीमा हिमालदेखि तराईसम्मका विभिन्न कलामा पानी रङगको प्रयोगदेखि अल्कोहल कलर, एक्लोरिक कलर आदिको प्रयोग गरिएको छ । प्रदर्शनीमा हिमाली, पहाडी तथा तराईका मनोरम भूभाग, खोलानालादेखि पशुवस्तुका चित्र कोरिएका छन् । प्रदर्शनीमा राखिएका हिमाली तथा पहाडी बस्तीसँगै अमूर्त कलाले पनि त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याएको छ ।

‘रिथिङकिङ टुरिजम आर्ट एक्जिविसन’ नाम दिइएको कला प्रदर्शनीमा विभिन्न ३३  कला प्रदर्शनमा राखिएको कलाकार नगेन सिंहले बताए ।

‘प्रदर्शनीमा नेपाली जीवन जगतका यथार्थता, प्रकृति, संस्कृति आदिलाई समेटिएका कला राखिएका छन्’, उनी भन्छन्, ‘नेपालका हरेक पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्‍याउनु जरुरी छ, प्रदर्शनीमार्फत पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास लिएको छु ।’ कोरोना प्रभावित पर्यटनको पुनरुत्थानमा कलाकर्मीको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै उनले यसका लागि राज्यले उनीहरूको भूमिकालाई उचित स्थान दिएर अघि बढ्नुपर्ने बताउँछन् ।

‘कला अझै राज्यको प्राथमिकतामा परेको छैन’, उनले भने, ‘कलाकर्मी जबसम्म आफ्ना कलामार्फत बाँच्न सक्ने अवस्था राज्यले तयार गर्दै तवसम्म यो क्षेत्रको विकास हुनसक्दैन ।’ पर्यटन समाजका धेरै कुरासँग जोडिएको बताउनुहुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी कलाका माध्यमबाट जीवन जगतको यथार्थता चित्रण हुने धारणा राख्छन् ।

कला आफैँमा महत्वपूर्ण पहिचान भएको बताउँदै उनले भने, ‘फ्रान्सको लुभ्र कला सङग्रहालय जस्ता धेरै स्थल कलाकारिताकै माध्यमबाट विश्वमाझ परिचित भएको यथार्थतालाई हामीले बुझ्नु जरुरी छ ।’

कला तत्कालीन समयको जीवन्त चित्रण गर्ने माध्यम समेत भएको बताउँदै उनले प्रत्येक ऐतिहासिक बस्तु तथा सन्दर्भ कलाका माध्यमबाट पछिल्लो पुस्ता माझ हस्तान्तरण हुन सक्ने बताए । कलाका माध्यमबाट समाजमा सचेतना समेत जगाउने सकिने प्रदर्शनीको आयोजक संस्था अप्टिमिष्ट क्लब अफ लेखनाथका अध्यक्ष रोशन अधिकारीले बताए ।

कलाकारिताको प्रवर्द्धन र विकास क्लबको प्राथमिकतामा रहेको बताउँदै उनले यस प्रदर्शनीलाई एउटा महत्वपूर्ण अवसरमा रुपमा लिएको धारणा राखे । ‘समाजमा धेरै लुकेका वास्तविकतालाई कलाका माध्यमबाट खोतल्न सकिन्छ’, उनले भने, ‘कलाकार सिंहको यस प्रदर्शनीमा तिनै विविधतायुक्त यथार्थतालाई कलामार्फत प्रस्तुत गरिएको छ ।’

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  २ : ४३ बजे

समानुपातिकतर्फ अब १५ प्रतिशत मतगणना बाँकी

काठमाडौँ – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कर्णालीमा सरकार बनाउन दुई दल मिल्नै पर्ने

सुर्खेत – कर्णालीमा प्रदेश सरकार बनाउनका लागि दुई दल मिल्नै

नयाँ सरकार गठनका लागि एमालेले पहल गर्छ : विष्णु पौडेल

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका

कतारी महत्वाकांक्षाको भुंग्रोमा फेरि नेपाली कामदार

काठमाडौँ – कतारमा जारी विश्वकप हेर्नका लागि त्यहाँ जानेहरूको ठुलो

नयाँ सरकार गठनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले