गुल्मीमा सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

गुल्मीमा सुपथ मूल्य पसल सञ्चालन


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चाडबाडका समयमा उपभोक्ताको सहजताका लागि गुल्मीमा सुपथ पसल सञ्चालमा ल्याइएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ अन्तर्गत वडागाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

उपभोक्तालाई ठगी हुनबाट जोगाउन र सस्तो मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको सहकारीका प्रबन्धक विवेक पेमीले जानकारी दिए ।

सुपथ मूल्य पसलसँगै सहकारीले कृषकको उत्पादित कृषिउपजका साथै स्थानीयस्तरमा निर्मित विभिन्न वस्तु तथा सेवाको बिक्री सुनिश्चितता गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको छ ।

सुपथ मूल्य पसलबाट न्यूनतम मूल्यमा नागरिकलाई दैनिक उपभोग्य सामान तथा अन्य वस्तु उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ । स्थानीयवासीले कुनै पनि वस्तु सजिलैसँग सहकारीमा बिक्री गर्ने र उक्त वस्तु बिक्री गरेबापत सहकारीबाट आफूलाई आवश्यक परेको सामान खरिद गरेर लैजान सक्नेछन् ।

विशेषगरी तरकारी, फलफूल, हस्तनिर्मित उत्पादनको सङ्कलन तथा बजारीकरण, किसानलाई आवश्यक दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धताका साथै स्थानीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने कुरालाई प्राथमिकतामा राखी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको वडाध्यक्ष शङ्करबहादुर रायमाझीले बताए ।

सहकारीले सुपथ मूल्य पसलबाट २५ देखि ३० प्रतिशतसम्म छुटमा सामान उपलब्ध गराउने भएको छ । दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गरी रङरोगनका सामग्रीमा २५ देखि ३० प्रतिशत र अन्य खाद्य सामग्री थोक मूल्यमा उपलब्ध गराइएको अध्यक्ष रायमाझीले बताए ।

मुसिकोट नगरपालिकाले निर्माण गरेको कोसेली घरमा सहकारीले पसल सञ्चालनमा गरी सेवा प्रदान गर्न सुरु गरेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा रु ११ लाख लागतमा उक्त भवन निर्माण गरिदिएको हो । सहकारीले कृषकबाट खरिद गरेका सामग्रीलाई बजारसम्म पु¥याउन केही समस्या देखिएको सहकारीका प्रबन्धक पेमीले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ७ : ०६ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका