निःशुल्क वितरणका लागि पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध « Khabarhub

निःशुल्क वितरणका लागि पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ । डेङ्गु सङ्क्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो ।

काठमाडाँै महानगरपालिका र ललितपुर महानगरपालिकालाई एकरएक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०÷२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूतिगृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताललाई निःशुल्क वितरणका लागि सिटामोल उपलब्ध गराइएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ८ : २४ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं– काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष

सरकार र बञ्चरेडाँडाबासीबीच अर्को ११ बुँद सहमति, काठमाडौंको फोहोर उठ्ने

काठमाडौं- सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन