अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर | Khabarhub Khabarhub

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ ।

आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधी र बाढीले विद्युत, सञ्चार, खानेपानी, यातायात लगायतका आधारभूत सेवाहरु अवरुद्ध भएकाले जनजीवन प्रभावित भएको हो । यसबाट २५ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।

अहिलेसम्मका ठूला आँधीमध्येमा पर्ने यस इयान आँधी र बाढीका कारण सयौँ घर डुबानमा परेका छन् भने धेरै भौतिक संरचना भत्किएका छन् ।

आँधी आइरहेका बेला आप्रवासीलाई लिएर क्युबाबाट फ्लोरिडातर्फ आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना हराइरहेको सुरक्षाकर्मीले बताएका छन् ।

झण्डै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले गराएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूले थप क्षति हुनसक्ने खतरा रहेकाले सतर्क अवस्थामा रहन सबैलाई अनुरोध पनि गरेका छन् ।

आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कफ्र्यू घोषणा गरिएको छ । बुधवार बेलुका छ बजेबाट सुरु भएको कफ्र्यु अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने काउन्टीले जनाएको छ ।

आम मानिस त्रास र सङ्कटमै रहेका बेला विभिन्न ठाउँमा लुटपाट र हिंसाका घटना पनि भएका छन् । त्यसलाई नियन्त्रण गर्न सक्दो प्रयास गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’