अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर « Khabarhub

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ ।

आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधी र बाढीले विद्युत, सञ्चार, खानेपानी, यातायात लगायतका आधारभूत सेवाहरु अवरुद्ध भएकाले जनजीवन प्रभावित भएको हो । यसबाट २५ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।

अहिलेसम्मका ठूला आँधीमध्येमा पर्ने यस इयान आँधी र बाढीका कारण सयौँ घर डुबानमा परेका छन् भने धेरै भौतिक संरचना भत्किएका छन् ।

आँधी आइरहेका बेला आप्रवासीलाई लिएर क्युबाबाट फ्लोरिडातर्फ आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना हराइरहेको सुरक्षाकर्मीले बताएका छन् ।

झण्डै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले गराएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूले थप क्षति हुनसक्ने खतरा रहेकाले सतर्क अवस्थामा रहन सबैलाई अनुरोध पनि गरेका छन् ।

आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कफ्र्यू घोषणा गरिएको छ । बुधवार बेलुका छ बजेबाट सुरु भएको कफ्र्यु अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने काउन्टीले जनाएको छ ।

आम मानिस त्रास र सङ्कटमै रहेका बेला विभिन्न ठाउँमा लुटपाट र हिंसाका घटना पनि भएका छन् । त्यसलाई नियन्त्रण गर्न सक्दो प्रयास गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : १७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५