चुनावमै पर्यटन मुद्दामा प्रमुख पार्टीहरुको बेवास्ता « Khabarhub

चुनावमै पर्यटन मुद्दामा प्रमुख पार्टीहरुको बेवास्ता

समृद्धि भजाउने नारा मात्रै, पूर्वाधारमा जोडबल छैन !


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अहिले नेताहरू सबैलाई चुनाव लागेको छ । चुनावी नारा जताततै छन् । सँधै सहर बस्ने र बसिरहने नेताहरू यतिबेला गाउँ निस्केका छन् ।

गाउँ पुगेका नेताहरू चुनाव प्रचार गरिरहँदा नयाँ नयाँ एजेन्डा र मुद्दा बनाइरहेका छन् । तर नेपालको आर्थिक समृद्धिको आधार भनेकै पर्यटन विषयलाई भने प्रमुख पार्टीहरूले नै बेवास्ता गरेका छन् ।

विगतमा नेपालमा उत्तर र दक्षिणबाट रेल ल्याउने कुरा निकै भजाइएको थियो । यो मुद्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले झनै भजाएका थिए । नारायणी नदीमा पानीजहाज ल्याउने हावादारी गफ गर्ने नेताहरू अहिले भने पुरै बेवास्तामा छन् । ओली अहिले विगतजस्तो नयाँ नारा उचाल्नेमा छैनन् । उनी केवल सेफ ल्याण्डिङमा छन् ।

झापा ५ मा उनी आफैँलाई चुनाव जित्न गाह्रो छ । राप्रपाले साथ दिएको खण्डमा मात्रै ओलीको सम्भावना प्रबल छैन । अन्यथा उनलाई चुनाव जित्न गाह्रो देखिन्छ । आफू बलियो गरि चुनाव जित्न गाह्रो भएरै होला यसपटक ओलीले त्यस्तो भयङ्कर नारा केही पनि उचालेका छैनन् ।

पूर्व पश्चिम रेलदेखि पानीजहाजसम्म उनले केही पनि कुरा गरेका छैनन् । आफैँलाई चुनाव जित्न गाह्रो भएपछि उनलाई यतिबेला ठूलो सकस परिरहेको हो । प्रमुख प्रतिपक्षी मात्रै होइन, यतिबेला सत्ताधारी दल पनि कुनै पनि एजेन्डा बनाउन तयार देखिदैनन् ।

चुनावी मुद्दामा पर्यटनलाई उनीहरुले एजेन्डा बनाएकै छैनन् । काठमाडौँ उपत्यकादेखि पूर्व र पश्चिम नेपालको पर्यटनबारे नेताहरू पुरै बेवास्तामा छन् । उनीहरु विदेशबाट पर्यटक आएर नेपाल घुमून भन्ने चाहना राख्छन् । आफ्ना नेता तथा कार्यकर्तासमेत रहेका पर्यटन व्यवसायीलाई नाफा भएको पनि उनीहरु हेर्न चाहन्छन् ।

तर सत्तामा होस् वा सडकमा । वा त यस्ता चुनावमै । उनीहरु पर्यटनलाई मूल मुद्दा बनाएर देशलाई आर्थिक समृद्धि दिलाउन तयार छैनन् । आर्थिक समृद्धिका लागि उनीहरु दैनिक भाषण गरिरहेका छन् । तर कुनै पनि पर्यटकीय क्षेत्रमा व्यवस्थापन छैन ।

व्यवस्थित हुन नसकेका पर्यटकीय क्षेत्रमा नेताहरूको केवल चुनाव जित्ने स्वार्थ मात्रै छैन । उनीहरूको ध्यान नै चुनाव कसरी जित्ने भन्ने छ । बाँकी कुरामा उनीहरु न गम्भीर छन् । न त कुनै योजना बनाएर लागिरहेका छन् ।

सबैभन्दा ठूलो पर्यटकीय क्षेत्र काठमाडौँमा फोहोरको समस्या पुरानै छ । पोखरामा अतिक्रम हुँदा फेवाताल पुरिने अवस्थामा पुग्दो छ । लुम्बिनीको जुन रुपमा प्रचार र संरक्षण हुनुपर्ने हो, त्यो अझै भएको छैन ।

पूर्वी नेपालको पूर्वाधार उस्तै छ । कर्णालीमा रारा र फेवाताल छन् । तर पनि ती ठाउँमा पूर्वाधार संरचना छैन । पूर्वाधार नभएकै कारण रारामा जति पर्यटक पुग्नुपर्ने हो, ती पुगेका छैनन् ।

सुदूरपश्चिमलाई सुन्दर बनाउने खप्तड र बडिमालिका अझै पनि पूर्वाधारकै कारण ओझेलमा छन् । यस्ता धेरै पर्यटकीय गन्तव्य ओझेलमा छन् । तर नेताहरू केवल सत्ताकै कुर्सीमा टाँसिएका छन् ।

यसले गर्दा नेपालको विकासमा पर्यटन जति निर्णायक सम्भावना हो, त्यो केवल सम्भावनामै सीमित रहेको छ । प्रमुख राजनीतिक पार्टीका नेताहरू नै चुनाव प्रचार केवल औपचारिकतामा सीमित भइरहेका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा चुनाव जित्न लालयित छन् । माओवादी अध्यक्ष प्रचण्ड गोरखा केन्द्रित छन् । माधव कुमार नेपाल रौतहट केन्द्रित छन् । उनीहरूलाई सडक, अस्पताल, विद्यालय कुनै कुराको पनि चाँसो र चिन्ता छैन ।

जसकारण नेपालको पर्यटकीय सम्भावना देखिएर पनि नेताहरूले नदेखेझैं गरेका छन् । यो नै नेपालको पर्यटन विकासमा प्रमुख समस्या हो । जुन कहिलेसम्म रहिरहन्छ ? भन्ने पनि यकिन छैन ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १ : ११ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका