शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित) « Khabarhub

शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ।

मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ। यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ।

ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नु पर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेल को दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ५ : ४५ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न