छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था « Khabarhub

छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

लेखनाथ – छठ पूजालाई पोखरामा पनि व्यवस्था गरिएको छ। छठ पूजा गरिने स्थानहरु केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको हो।

छठ पर्व पूजा समितिका अध्यक्ष रामआधारप्रसाद गुप्ताले पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरुले दुःख, कष्ट भोग्नु परेकाले खोला तथा तालका घाटलाई व्यवस्थित गरिएको जानकारी दिए। उनले तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छठ पर्व मनाउँदै आएका र छठ पर्व मनाउनेको सङ्ख्या बर्षेनि वृद्धि भएकै कारण नदी तथा तालका घाटलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताए।

पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरुमा छट पूजा गर्नेको सङ्ख्या चार हजार पुग्ने अध्यक्ष गुप्ताले जानकारी दिए। यस पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिने गरिन्छ।

यस पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रुपमा आफू र परिवारका अन्य सदस्यलाई ख्वाउने चलन छ। परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिने जानकारी पूजा समितिका सचिव गोरखनाथ जैसवालले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ५३ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र