छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था « Khabarhub

छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

लेखनाथ – छठ पूजालाई पोखरामा पनि व्यवस्था गरिएको छ। छठ पूजा गरिने स्थानहरु केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको हो।

छठ पर्व पूजा समितिका अध्यक्ष रामआधारप्रसाद गुप्ताले पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरुले दुःख, कष्ट भोग्नु परेकाले खोला तथा तालका घाटलाई व्यवस्थित गरिएको जानकारी दिए। उनले तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छठ पर्व मनाउँदै आएका र छठ पर्व मनाउनेको सङ्ख्या बर्षेनि वृद्धि भएकै कारण नदी तथा तालका घाटलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताए।

पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरुमा छट पूजा गर्नेको सङ्ख्या चार हजार पुग्ने अध्यक्ष गुप्ताले जानकारी दिए। यस पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिने गरिन्छ।

यस पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रुपमा आफू र परिवारका अन्य सदस्यलाई ख्वाउने चलन छ। परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिने जानकारी पूजा समितिका सचिव गोरखनाथ जैसवालले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ५३ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको