‘सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ’ « Khabarhub

‘सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ’


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताइन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानुनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको बताइन् । 

तुलाधरले सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताएकी छिन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र हामी सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने बताइन्।

‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन् । पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन्’, आयुक्त डा. तुलाधरले भनिन् ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।’ उनले निर्वाचनको समयमा आयोग र सञ्चारमाध्यमको सम्बन्ध नङ र मासुजस्तै हुने गरेको बताइन्। 

आयोगले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र ढुवानीको काम करिब भइसकेको र पहिलो हुने निर्वाचन  प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको उनले जानकारी दिइन् । आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको जानकारी दिइन् ।

आयुक्त तुलाधरले निर्वाचनका चरणमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन पत्रकारसमक्ष आग्रह गरिन् । 

उनले निर्वाचन आचारसंहिता पालन सबैले गर्नुपर्ने र उल्लङ्घन भएका सही सूचना दिन पत्रकारलाई आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १२ : २७ बजे

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको

सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा

काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको